Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

यी तीन बालक कसका छोराछोरी र कहाँ हिँडेका होलान् ?

हाम्रो कोशी आवाज
पुष १७ २०७९, आइतबार
यी तीन बालक कसका छोराछोरी र कहाँ हिँडेका होलान् ?

बिर्तामोडः झापाको बुद्धशान्ति गाउँपालिका–३ बुधबारे बजारबाट प्रहरीले तीनजना बेवारिसे बालकहरुको उद्दार गरेको छ ।
दिउँसो बुधबारे बजारमा तीनजना बालकहरु बेवारिसे अवस्थामा रहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले १३ वर्षीय एन्जल लिम्बू, ११ वर्षीय सुशील लिम्बू र १० वर्षीय होमन्च मगरलाई बेवारिसे अवस्थामा उद्दार गरेको प्रहरीले जनाएको छ ।
उद्दार गरिएका तीनैजना बालकहरुलाई जनप्रतिनिधी र स्थानीय पत्रकारहरुको सहयोगमा इटहरीस्थित रहेको अस्थायी संरक्षण केन्द्रमा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति: पुष १७ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend