बराहक्षेत्रः सुनसरीको बराहक्षेत्र नगरपालिका–११ मधुवन स्थित सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
आइतबार साँझ ७ बजे दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको साइकलयात्री बराहक्षेत्र–१० का २१ वर्षीय सोल्जा ठाकुर र विपरीत दिशाबाट आउँदै गरेको साइकलयात्री भारत ग्रामपञ्चायत–९ का २३ वर्षीय अजिम साफी एकअर्कामा ठक्कर खाई लड्दा विपरीत दिशाबाट आउँदै गरेको को१त ४३७८ नम्बरको ट्याक्टरको ट्रलीको चक्काले साइकलयात्री ठाकुरलाई घिर्सादा घाइते भएका ठाकुरको उपचारको क्रममा विराट नर्सिङ अस्पाताल विराटनगरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय चतराले जनाएको छ ।
घटनामा संलग्न ट्याक्टर चालक ४५ वर्षीय भमेश्वर मेहता र ठक्कर दिने साइकलयात्री साफीलाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।