धरानः धरान–१३ स्थित चिरन्जीवी बचत तथा ऋण सहकारी संस्था लि.मा वार्षिक रुपमा डेढ अर्बभन्दा वढीको कारोबार गरेकोे छ । संस्थाको सोमबार सम्पन्न ११ औं वार्षिक साधारणमा वितरण आर्थिक प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको छ ।
संस्थाका अध्यक्ष खेमबहादुर माझीद्वारा प्रस्तुत प्रतिवेदनमा १ अर्व ५५ करोड, २ लाख २३ हजार ७ सय ७९ रुपैयाँको कारोवार भएको उल्लेख गरिएको छ । संस्थाले २४ लाख ३८ हजार १ सय ५५ रुपैयाँ मुनाफा गरेकोे संस्थाका अध्यक्ष माझीले जानकारी गराएका छन् ।
साधारण सभाको उदघाटन धरान–१३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले गरेका थिए । काफ्लेले सहकारी भनेको सजिलोमा लौरो दिने र अप्ठेरो पर्दा लौरो खोसिदिने बैंक प्रवृत्ति नभएको बताउँदै साना साना छरिएर रहेको पुँजीलाई संगठित गर्दै बनेको वित्तीय संस्था भएको बताए । उनले कोभिड महामारीमा पनि सहकारीले बचतकर्ता र शेयर सदस्यहरुलाई कारोबारमा कुनै समस्या हुन नदिएको भन्दै प्रशंसा गरेका थिए ।
उनले सहकारी विधिअनुसार सञ्चालन भएको खण्डमा कुनै समस्यामा नपर्ने दावी समेत गरेका थिए । उनले वडा समितिसँग सहकार्य गर्न चाहेको खण्डमा आफूहरु सहकार्य गरेर काम गर्न तप्पर रहेको बताएका थिए ।
कार्यक्रममा बोल्दै पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले चिरन्जीवी सहकारीले वित्तीय क्षेत्रमा मात्र नभएर सामाजिक क्षेत्रमा गरेको योगदानको चर्चा गरेका थिए । संस्थासँग सहकार्य गरेर काम गर्न आफूहरु तयार रहेको बताउँदै सामाजिक कार्यमा आफूहरु पनि सहभागी हुने उल्लेख गरेका थिए ।
पत्रकार महासंघका सल्लाहकार सन्तोष काफ्ले, पत्रकार महासंघ सुनसरीका सहसचिव भोला श्रेष्ठ र राष्ट्रिय सहकारी बैंक सुनसरीका प्रमुख सम्झना दाहालले समेत शुभकामना मन्तब्य दिएकी छिन् ।
कार्यक्रममा धरानका पत्रकार गोविन्द बस्नेतलाई सम्मान गरिएको थियो । उनलाई पत्रकारितामार्फत समाजका योगदान गरेको भन्दै सम्मान गरिएको हो । बस्नेतलाई संस्थाले नगद १० हजार सहित प्रमाण पत्र र खदा लगाएर सम्मान गरेको थियो । बस्नेतलाई कार्यक्रमका प्रमख अतिथि वडाध्यक्ष काफ्लेले प्रमाण पत्रसहित खदा लगाएर सम्मान गरेका थिए ।
यस्तै, सहकारीका केही उत्कृष्ट सदस्यहरुलाई उत्कृष्ट बाल बचत, उत्कृष्ट आावाधिक बचत, उत्कृष्ट कारोबार, उत्कृष्ट मुद्दती, उत्कृष्ट महिला बचत र उतकृष्ट शेयर सदस्यहरुमा दीपक राज तुलाधर, अरुणकुमार श्रेष्ठ मुकेश अग्रवाल, त्रिलोकचन्द्र अग्रवाल, उमेशराज स्थापित, सूर्यकुमारी याक्खा, ओमसी मार्केटिङ एण्ड सप्लायर्स ट्रेडर्सका पदम लिम्बू लगायतलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा स्वागत मन्तब्य सहकारीका लेखा संयोजक सरिता राईले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन सिर्जना अधिकारीले गरेकी थिइन् । तस्वीरहरूः लक्ष्मण थापा








