Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रदेश-१ मा को मुख्यमन्त्री ?

हाम्रो कोशी आवाज
पुष २४ २०७९, आइतबार
प्रदेश-१ मा को मुख्यमन्त्री ?

धरानः प्रदेश–१ को सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले दिएको समय आज साँझ ५ बजे सकिँदैछ । सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा सकिन केही घण्टा मात्र बाँकी रहँदा नयाँ सरकारको नेतृत्वको विषयमा भने दलहरूमा सहमति जुट्न सकेको छैन ।
प्रदेश–१ मा पनि गठबन्धनको सरकार बन्ने पक्का छ । यद्यपि अहिलेसम्म दलहरूबीच भागबन्डा नमिल्दा प्रदेश सरकार कस्तो बन्छ भन्ने अन्योल बढेको छ । ९३ सदस्यीय प्रदेश–१ मा नेकपा एमालेबाट ४०, नेपाली कांग्रेसबाट २९, नेकपा माओवादी केन्द्रबाट १३, राप्रपाबाट ६, नेकपा एकीकृत समाजवादीबाट चार र जसपाबाट एकजना प्रदेशसभा सदस्य रहेका छन् ।
सरकार गठनका लागि ४७ जना प्रदेशसभा सदस्य आवश्यक पर्दछ । प्रदेश–१ मा एमाले र माओवादी केन्द्रले नेतृत्वको दाबी गरेको छ । जसकारण पनि गठबन्धनमा यो विषयमा सहमति जुट्न सकेको छैन ।
एमाले संसदीय दलका नेता तथा स्थायी कमिटी सदस्य हिक्मत कार्कीको नेतृत्वमा सरकार बनाउने योजनामा छन् । माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको नेतृत्वमा सरकार बन्नुपर्ने अडानमा छ ।

प्रकाशित मिति: पुष २४ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • १० घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १४ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १४ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १७ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ
  • उदयपुरमा माइक्रो र ट्रक ठोक्किँदा १७ जना घाइते

    धरानः माइक्रोबस (हायस) र ट्रक एकआपसमा ठोक्किँदा चालकसहित १७ जना घाइते भएका छन् । उदयपुरगढी गाउँपालिका–७ अँधेरीस्थित सडक–खण्डमा ट्रक र यात्रुबाहक माइक्रो बस (हायस) एक–आपसमा...

    • २ दिन अगाडी
    • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend