Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-१८ मा निःशुल्क आँखा शिविर

हाम्रो कोशी आवाज
पुष २७ २०७९, बुधबार
धरान-१८ मा निःशुल्क आँखा शिविर

धरानः धरान–१८ कार्यालयले निःशुल्क आँखा शिविर आयोजना गरेको छ ।
शिविरमा वडामा रहेका जेष्ठ नागरिकलगायत ११७ जनाले आँखा परीक्षण गरेका थिए । परिवर्तनका लागि सामाजिक अभियानको सहकार्यमा र सूर्य आइ केयर, धरान–१२ को प्रविधिक सहयोगमा वडा कार्यालयमा नै शिविर आयोजना भएको हो ।
जाँच गरिएको बिरामीमध्ये ११ जनामा मोतियाबिन्दु भएको १५ जनाले चश्मा लगाउनुपर्ने, पुनः चेकजाँच गर्नुपर्ने ३० जना र कमजोर दृष्टि भएका १५ जना भेटिएको सूर्य आइ कियर धरानका वरिष्ठ आँखा रोग विशषज्ञ डा. इच्छा जोशी श्रेष्ठले बताइन् । जेष्ठ नागरिकहरुमा आँखाको समस्या देखिनु स्वभाविक भएको तर मोबाइल धेरै हेर्ने गरेको कारण बालकालिकाहरुमा पनि अत्याधिक आँखाको समस्या रहेको पाइएको छ ।
धरान र आसपासका समुदायलाई लक्षित गरेर सूर्य आइ केयर अस्पताल धरानमा शुरु गरेको र टोल समुदायमा नै गएर निःशुल्क आँखा शिवर सञ्चालन गरिरहेको डा.जोशीले बताइन् । कार्यक्रमको संयोजन तथा सहजीकरण अभियानका सल्लाहकार मोहन श्रेष्ठले गरेका थिए ।
संसार हेर्ने आँखामा समस्या आएका कारण धेरै जेष्ठ नागरिकहरुले विभिन्न समस्या भोग्नुपरेको कुरालाई दृष्टिगत गरी जेष्ठ नागरिकहरुलाई विशेष लक्षित गरी निःशुल्क आँखा शिविरको आयोजना गरिएको वडाध्यक्ष प्रविण राईले जानकारी दिए । औपचारिक कार्यक्रममा वडा सदस्य जमुना त्रिखत्रीले आफूले केही हप्ताअघि मात्र आँखाको अपरेशन गरेको र अपरेशन पछि राम्ररी देख्न सकेको अनुभव व्यक्त गरेका थिए ।
शिविरमा निःशुल्क आँखा जाँच गर्नुका साथै आवश्यक औषधि पनि निःशुल्क वितरण गरिएको थियो । आवश्यक अनुसार चस्मा तथा आँखाको उपचार गर्न विशेष सहुलियत समेतको व्यवस्था गरिएको परिवर्तनका लागि समाजिक अभियानका अध्यक्ष विष्णु बरालले जानकारी दिए । स्थानीय समाजसेवी रेवतीरमण राईले आँखाको समस्या भएकाहरुलाई यस किसिमको निःशुल्क आँखा शिविरले ठूलो सहयोग र राहत हुने विचार व्यक्त गरेका थिए ।
आफ्नै टोल समुदायमा आँखा जाँच गर्न पाएकोमा सहभागीहरुले खुशी व्यक्त गरेका थिए । कार्यक्रममा वडाका सदस्य, तथा कर्मचारीहरु र स्थानीय समाजसेवीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: पुष २७ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend