Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धनकुटाको सिंधुुवा बजारमा भएको आगलागीबाट ४९ लाख रुपैयाँ बराबरको क्षति

हाम्रो कोशी आवाज
पुष ३० २०७९, शनिबार
धनकुटाको सिंधुुवा बजारमा भएको आगलागीबाट ४९ लाख रुपैयाँ बराबरको क्षति

धनकुटा । गएराति धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिंधुवा बजारमा भएको अगलागीमा ४९ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ ।
स्थानीय सन्तबहादुर राईको दुई तले काठको घरमा ललिता राईले सञ्चालन गरेको पे्रmस हाउसबाट आगलागी हुँदा बजारका पाँच घर नष्ट भएका छन् । आगलागीको कारण भने खुल्न सकेको छैन । आगलागीबाट राईको घर पूर्णरुपमा क्षति भएको छ भने अन्य चार वटा पक्की घरको छतमा निर्मित टिनका संरचना नष्ट भएका छन् ।
आगलागीबाट राईको दुई तोला सुन र नगद दुई लाखसहित ३७ लाख र डिकबहादुर खड्का र होमबहादुर थापाको संयुक्त घरमा निर्मित पाँच लाख बराबरको छतको संरचना नष्ट भएको छ ।
त्यस्तै झमक थापाको दुई तोला सुन र ७० हजार नगदसहित पाँच लाख, अर्जुन घिमिरेको एक लाख र डम्बर थापाको ५० हजार बराबरको धनमाल क्षति भएको प्रहरीले जानकारी दिएको छ । आगलागी पीडितलाई राहतका लागि गाउँपालिकाको विपद् व्यवस्थापन टोली उक्त स्थानमा पुगेर राहत दिने तयारी भइरहेको पालिका अध्यक्ष छत्र सुब्बाले जानकारी दिए ।
पीडितलाई जनही नगद १५ हजारसहित बन्दोबस्तीका सामग्री दिइने अध्यक्ष सुब्बाले जानकारी दिए । बेलुका करिब ७ बजे लागेको उक्त आगो छिमेकी जिल्लाको लालिगुराँस नगरपालिका वसन्तपुर बजारबाट आएको दमकल र गाउँपालिकाको जेसिभी डोजरको सहयोगमा करिब एक घण्टापछि नियन्त्रण गरिएको थियो ।

प्रकाशित मिति: पुष ३० २०७९, शनिबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • १० घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • धरानमा ल्याइएको अकबरे खुर्सानीमा भेटियो अत्याधिक मात्रामा विषादी

    धरानः धरान भित्रिएको अकबरे (डल्ले) खुर्सानीमा अत्याधिक मात्रामा विषादी भेटिएको छ । धरान–१३ स्थित कृषि बजारमा भित्रिएको अकबरे खुर्सानीमा विषादी भेटिएको हो । भोजपुरका किसानबाट...

    • १३ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १४ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १४ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १७ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend