बराहक्षेत्रः बराहक्षेत्रमा हात्तीको आक्रमणबाट एकजनाको ज्यान गएको छ ।
बराहक्षेत्र–५ सिमरबन बस्ने धनबहादुर माझीे हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई हात्तीले आक्रमण गरेपछि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
जनजागृति सामुदायिक वनले खनेको पोखरी छेऊमा घाँस काट्न गएका ६५ वर्षीय उनलाई हात्तीले टाउकोमा किचेर मारेको अवस्थामा शव भेटिएको बराहक्षेत्र–५ का वडाध्यक्ष रोहित काफ्लेले जानकारी दिएका छन् । अहिले बराहक्षेत्र नगरपालिका वडा नम्बर १, २, ३, ५, ७ वडामा करिब महिना दिनदेखि दैनिक हात्तीले आतंक मच्चाइरहेको स्थानीयबासीले बताएका छन् ।