Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मावली पुगेका किशोरको जलेर मृत्यु

हाम्रो कोशी आवाज
माघ १४ २०७९, शनिबार
मावली पुगेका किशोरको जलेर मृत्यु

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ साँवामा भीरमा लागेको आगोले जलेर एक किशोरको मृत्यु भएको छ ।
प्रहरीका अनुसार साँवाको दलैँचा भीरमा लागेको आगो निभाउने क्रममा फुङ्लिङ नगरपालिका–२ तीनबरेका १५ वर्षीय सुनील थुलुङ राईको जलेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार उक्त क्षेत्रमा बिहीबारदेखि नै आगो लागेको थियो । शनिबार आगो निभाउनलाई स्थानीयसँगै गएका किशोर राईको जलेर मृत्यु भएको हो । ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कैलाश राईकाअनुसार ती किशोर मावलीघरमा आएका थिए ।

प्रकाशित मिति: माघ १४ २०७९, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend