Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका सोनी परिवारद्वारा ५१ हजार सहयोग

हाम्रो कोशी आवाज
माघ १५ २०७९, आइतबार
धरानका सोनी परिवारद्वारा ५१ हजार सहयोग

धरानः धरान उपमहानगरपालिकाका स्थानीयबासी स्व. भवनलाल सोनीको स्मृतिमा श्री क्षाबेनाङ्ज्यो शिङ्सा क्षोलिङ गुम्बालाई नगद ५१ हजार सहयोग गरेको छ ।
गुम्बा परिसर पुगेर सोनिका छोरा श्याम सोनी, बुहारी सितल सोनीसहितको आफन्त पुगेर रकम हस्तान्तरण गरेका हुन । रकम गुम्बाका अध्यक्ष बम्बु भोटे र कोषाध्यक्ष छजुङ भोटेले लिएका छन् । निर्माणाधीन अवस्थामा रहेको गुम्बालाई आर्थिक जुटाउने क्रममा विभिन्न ब्यक्ति संघसंस्थालाई सहयोगको हात फैलाउने क्रममा सोनी परिवारबाट सहयोग मिलेको हो । श्याम सोनिले हरेक वर्ष बुबाको स्मृतिमा आर्थिक सहयोग गर्ने क्रममा यसपटक यस गुम्बालाई सहयोग गरेको बताए । श्याम सोनीले बुबाको नाममा स्मृति प्रतिष्ठान नै स्थापना गर्ने योजना रहेको बताए । गुम्बालाई रकम हस्तान्तरण गर्दै बुहारी शितल सोनिले ससुराले सामाजिक सेवामा लाग्ने प्रेरणा दिइरहने बताए । त्यही भएर पवित्र गुम्बाको लागि आर्थिक सहयोग गर्ने योजना अनुसार सहयोग उपलब्ध गरेको बताए ।
रकम हस्तान्तरण कार्यक्रममा गुम्बाका उपाध्यक्ष मिक्मा भोटे, सुम्ब भोटे लगायत छेसाङ भोटे लगायतको उपस्थित थिए । धरान उपमहानगरपालिका वडा नम्बर १५ बगरकोटमा निर्माणाधीन अवस्था सो गुम्बा रहेको छ । दुई तले उक्त गुम्बाको लागत स्टिमेट करिब एक करोडको छ । हाल भवन दुई तले बनिसकेको छ ।

प्रकाशित मिति: माघ १५ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend