Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा श्रेष्ठ समाजद्वारा निःशुल्क आँखा जाँच

हाम्रो कोशी आवाज
माघ १५ २०७९, आइतबार
धरानमा श्रेष्ठ समाजद्वारा निःशुल्क आँखा जाँच

धरानः श्रेष्ठ समाज धरान ११ को अयोजनामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
शिविरमा धरान–११ आँपगाछी टोल आसपासका जेष्ठ नागरिक लगायत ११६ जनाले आँखा परीक्षण गरेका थिए । आँपगाछी समाज सुधार केन्द्रको सहकार्यमा सूर्य आई कियर धरान १२ को प्रविधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।
समाजको अध्यक्ष पदम श्रेष्ठ (सुन्दर) ले टोल समुदायका जेष्ठ नागरिकहरुलाई लक्षित गरेर शिविर संचालन गरेपनि टोलबासी र धरानका विभिन्न वडाबाट आएका आँखा रोगीहरुले लाभ लिएकामा खुशी व्यक्त गरेका थिए । आँपगाछी समाज सुधार केन्द्रका अध्यक्ष श्याम श्रेष्ठले आँखा वा दृष्टिदान गर्नु महापरोपकारी कार्य भएको बताए ।
जाँच गरिएको बिरामीमध्ये ११ जनामा मोतियाविन्दु भएको, १७ जनाले चस्मा लगाउनुपर्ने, पुनः चेक जाँच गर्नुपर्ने ३५ जना र कमजोर दृष्टि भएका २५ जना भेटिएको सूर्य आइ कियर धरानका वरिष्ठ आँखा रोग विशषज्ञ डा इच्छा जोशी सोनीले बताए । सामान्यतया ४० वर्ष माथिकाहरुमा आँखाको समस्या देखिनु स्वभाविक भएकाले ६–६ महिनामा आँखा जाच गर्नु पर्दछ । तर साना साना नानीहरुमा पनि मोबाइल धेरै हेर्ने गरेको कारणले धेरै समस्या देखिएको छ ।
धरानका विभिन्न वडा र विद्यालयहरुमा आँखाको निःशुल्क शिविर संचालन गर्ने योजनाका साथ प्रत्येक शनिबार समुदायमा, अरु बार विद्यायमा शिविर संचालन गरिरहेको सूर्य आई कियर सेन्टर धरान १२ की वरिष्ठ डा. सोनीले बताए । कार्यक्रमको कौशिकी क्याम्पसका क्याम्पस प्रमुख मोहन श्रेष्ठको अगुवाईमा भएको थियो ।
संसार हेर्ने आँखामा समस्या आएका कारण धेरै जेष्ठ नागरिकहरुले विभिन्न समस्या भोग्नु परेको कुरालाई दृष्टीगत गरी जेष्ठ नागरिकहरुलाई विशेष लक्षित गरी निःशुल्क आखा शिविरको आयोजना गरिएको समाजका सचिव दीपेन्द्र कसजुले कार्यक्रम संचालनको क्रममा बताए । औपचारिक कार्यक्रममा नेवाः देय् दवू धरान नगर समितिका अध्यक्ष मनोहर शाक्य लगायत समाजका वरिष्ठ व्यक्तित्वहरुको बाक्लो सहभागिता रहेको थियो । केही समय अघि मात्र आफुले आँखा अपरेसन गरेको र अहिले राम्ररी देख्न सकेको अनुभव स्थानीय ललितमान श्रेष्ठले व्यक्त गरेका थिए ।
शिविरमा निःशुल्क आँखा जाँच गर्नुका साथै, आवश्यक औषधि पनि निःशुल्क वितरण गरिएको थियो । आवश्यक अनुसार चस्मा तथा आँखाको उपचार गर्न विशेष सहुलियत समेतको व्यवस्था गरिएको थियो । आफ्नै टोल समुदायमा आँखा जाँच गर्न पाएकोमा सहभागीहरुले खुशी व्यक्त गरेका थिए ।

प्रकाशित मिति: माघ १५ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend