Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

वनमा व्यापक अनियमितता !

हाम्रो कोशी आवाज
माघ २० २०७९, शुक्रबार
वनमा व्यापक अनियमितता !

धरानः मोरङको सुन्दरहरैँचा नगरपालिका– १० मा लोहन्द्रा केराबारी साझेदारी वन व्यवस्थापन समितिले आर्थिक अनियमितता गरेको भन्दै स्थानीयवासीले विगत एक महिना अगाडि वन कार्यालयमा लगाएको ताला अझै खुल्न सकेको छैन ।
वन समितिको मिलेमतोमा रु ३० करोडभन्दा बढी आर्थिक अनियमितता भएको आरोप लागेको हो । उपभोक्ता मित्रसेन योञ्जनले रु ३० देखि ३५ करोड संस्थाका अध्यक्ष दीपनारायण खाँ र सदस्यसचिव सबडिभिजन वन कार्यालय सलकपुरका प्रमुख लालबहादुर माझीलगायतको मिलेमतोमा भ्रष्टाचार भएको आरोप लगाउँदै ताला लगाउनुपरेको बताए ।
वन कार्यालयको भवन निर्माणमा समेत भ्रष्टाचार भएको योञ्जनले बताए । उनले भने, ‘साझेदारी वन भए पनि विधान दर्ताबिनै काम भएर वन ऐनको निर्देशिकाविपरीत धेरै मात्रामा सालको काठ काटी भ्रष्टाचार गरिएको छ ।’ योञ्जनले वन ऐनअन्तर्गत साझेदारी वनको रूपमा दर्ता भएर सबैसामु नियमानुसार हिसाब पारदर्शीरूपमा सार्वजनिक भएपछि मात्र वन कार्यालयको ताला खुल्ने जानकारी दिए । योञ्जन सोही साझेदारी वनमा खाँसँग अध्यक्ष पदमा पराजित भएका थिए ।
गत मङ्सिर १७ गते भएको वनको साधारणसभामा पनि पारदर्शिता नभएको, षड्यन्त्रपूर्ण ढङ्गले साधारणसभा गराएर पुरानै अध्यक्षलाई विजयी बनाएको स्थानीय उपभोक्ता गीतामणि दाहालले बताइन् । साझेदारी वनमा व्यापक अनियमितता हुने गरेको, सार्वसाधारण उपभोक्ताले प्रयोग गर्न नपाएर काठ कुहिएर त्यसै खेर गएको तथा आफूखुसी बिक्री वितरण भएको स्थानीय मिलन बस्नेतले बताए ।
साझेदारी वनका सदस्यसचिव तथा सबडिभिजन वन कार्यालय सलकपुरका प्रमुख माझीले लोहन्द्रा केराबारी साझेदारी वनमा कुनै पनि किसिमको भ्रष्टाचार नभएको उल्लेख गरे । उनले साझेदारी वन नियम तथा विधानअनुसार नै अघि बढेर काम भएको बताए ।
साझेदारी वनमा व्यापक भ्रष्टाचार भएको भन्दै स्थानीय उपभोक्ताले अख्तियार दुरूपयोग अनुसन्धान आयोग इटहरीमा उजुरीसमेत दिएका छन् । आयोग इटहरीका सूचना अधिकृत निरोजकुमार देवले साझेदारी वनमा भएको भ्रष्टाचारका बारेमा अहिले छानबिन भइरहेको उल्लेख गरे ।
लामो समयदेखि वन कार्यालयमा ताला लाग्दा केही स्थानीय उपभोक्ता अहिले मर्कामा परेका छन् । लोहन्द्रा केराबारी साझेदारी वनमा ३२ हजार घरधुरी संख्या तथा दुई लाख ५० हजारभन्दा बढी उपभोक्ता रहेका छन् । यसको कार्यक्षेत्र ३२ वडाअन्तर्गत सुन्दरहरैँचा, बेलबारी नगरपालिका, विराटनगर महानगरपालिका, केराबारी, ग्रामथान, जदाहा, कटहरी गाउँपालिका रहेको छ ।

प्रकाशित मिति: माघ २० २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • ८ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • धरानमा ल्याइएको अकबरे खुर्सानीमा भेटियो अत्याधिक मात्रामा विषादी

    धरानः धरान भित्रिएको अकबरे (डल्ले) खुर्सानीमा अत्याधिक मात्रामा विषादी भेटिएको छ । धरान–१३ स्थित कृषि बजारमा भित्रिएको अकबरे खुर्सानीमा विषादी भेटिएको हो । भोजपुरका किसानबाट...

    • १० घण्टा अगाडी
    • २ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १२ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १२ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १४ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • धरानमा इभीको ठक्करले ड्युटीमा रहेका प्रहरी हवल्दार गम्भीर

    धरानः धरानमा इभीले मोटरसाइकललाई ठक्कर दिँदा ड्युटीमा खटिएका एक प्रहरी गम्भीर घाइते भएका छन् । दुर्घटनामा प्रहरीका दुवै खुट्टा र अनुहारमा चोट लागेको छ...

    • १ दिन अगाडी
    • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend