Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

लागूऔषध सेवन गरेर मोटरसाइकल चलाएपछि बालकको मृत्यु

हाम्रो कोशी आवाज
माघ २० २०७९, शुक्रबार
लागूऔषध सेवन गरेर मोटरसाइकल चलाएपछि बालकको मृत्यु

धरानः १४ वर्षीय एक बालकले लागूऔषध सेवन गरेर सवारी चलाएपछि दुर्घटनामा परेर मृत्यु भएको छ ।
मोरङको सुन्दरहरैंचा–१० स्थित खोर्साने केराबारी भित्री पक्की सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको को३२प ८४६१ नम्बरको मोसा आफैं अनियन्त्रित भई सडकमा पल्टिन पुगेको थियो ।
दुर्घटनामा केराबारी–६ बस्ने वर्ष १४ को जोसन लिम्बूको मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । हात र छातीमा चोट लागेको अवस्थामा उपचारका लागि विराटनगरस्थित नोवेल अस्पताल विराटनगरमा लगिएको र उपचारका क्रममा बिहीबार साँझ उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी लागूऔषध सेवनकर्ता समेत रहेको प्रहरीले जनाएको छ ।
उता झापाको मेचीनगर–६ पुरानो भन्सार सफारी चालकको मृत्यु भएको छ । प्र१–०१–००१ह ७६२९ नम्बरको सिटी सफारी चालकलाई चक्कर लागेपछि उनी र सफारी अनियन्त्रित भई पल्टिएको थियो । दुर्घटनामा मेचीनगर–७ बस्ने वर्ष ७२ को दयानारायण ढुङगानाको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: माघ २० २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • ८ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • धरानमा ल्याइएको अकबरे खुर्सानीमा भेटियो अत्याधिक मात्रामा विषादी

    धरानः धरान भित्रिएको अकबरे (डल्ले) खुर्सानीमा अत्याधिक मात्रामा विषादी भेटिएको छ । धरान–१३ स्थित कृषि बजारमा भित्रिएको अकबरे खुर्सानीमा विषादी भेटिएको हो । भोजपुरका किसानबाट...

    • १० घण्टा अगाडी
    • २ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १२ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १२ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १४ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend