Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

दलित उत्थान समितिको अध्यक्षमा कुमार मिजार

हाम्रो कोशी आवाज
माघ २३ २०७९, सोमबार
दलित उत्थान समितिको अध्यक्षमा कुमार मिजार

विराटनगर: दलित उत्थान समन्वय समिति सुन्दरहरैचाको अध्यक्षमा कुमार मिजार चयन भएका छन ।
आइतवार सम्पन्न साधारण सभाबाट मोरङको सुन्दरहरैचा नगरपालिका दलित उत्थान समन्वय समितिको अध्यक्षमा कुमार मिजार चयन भएका हुन ।
समितिको उपाध्यक्षमा धनराज रसाईली र मदन परियार अनि सचिवमा माधव शिवा र सहसचिवमा कुमार बयलकोटी र कोषाध्यक्षमा दिपा विश्वकर्मा चयन भएका छन ।
सुन्दरहरैचा नगरपालिका भित्र रहेका सबै थरका दलित समुदायको हक अधिकारका लागि निर्माण भएको दलित उत्थान समन्वय समितिको पदाधिकारीहरु सहित जम्मा १७ जनाको कार्यसमिति चयन भएको अध्यक्ष कुमार मिजारले बताए ।
साधारण सभाको क्रममा दलित उत्थान समितिको श्रमदान र नगरपालिकाको सहयोगमा निर्माण भएको सामुदायिक भवन पनि उदघाटन गरिएको थियो । भवन प्रमुख अतिथि सुन्दरहरैचा नपाका प्रमुख केदारप्रसाद गुरागाँई र विशिष्ट अतिथि पुर्व प्रमुख शिवप्रसाद ढकालले संयुक्त्त रुपमा उदघाटन गरेका थिए ।

प्रकाशित मिति: माघ २३ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend