Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

युवापुस्तामा स्मार्ट घडीको फेशन

हाम्रो कोशी आवाज
माघ २३ २०७९, सोमबार
युवापुस्तामा स्मार्ट घडीको फेशन

धरानः आधुनिक जीवनमा ग्याजेट प्रयोग एकथरीका लागि वरदान साबित भएको छ । पछिल्लो समय युवा पुस्ताले स्मार्ट वाच अर्थात् स्मार्ट घडी फेसनका रूपमा लिन थालेका छन् ।
ग्याजेटको उचित प्रयोगले संसारभरको सूचना प्राप्त गर्न सकिन्छ, विश्वस्थितिबारे जानकारी लिनुका साथै फुर्सदको समय कटाउन सकिन्छ । स्मार्ट घडीको सहायताले आफ्नो स्वास्थ्य अवस्थाबारे थाहा पाउन सकिन्छ ।
आशिष पौडेलले आफ्नो स्वास्थ्य अवस्थाका लागि स्मार्ट वाच लगाउन थालेको तीन महिना भएको बताए । ‘यो एकदमै सजिलो र किफायती छ । यसले ब्लडप्रेसर, अक्सिजन लेबल, पल्स रेट वर्कआउट रेकर्ड मनिटरिङ गर्ने मद्दत गरेको छ,’ उनले भने, ‘यो स्मार्ट वाचभन्दा पनि फिटवाच हो । यसले मेरो स्वास्थ्य राम्रो बनाउन धेरै मद्दत गरेको छ।’
ट्रिनिटी कलेजमा अध्ययनरत सफल लिम्बूको धेरैजसो समय ग्याजेटसँग बित्छ । उनको मोबाइल र स्मार्ट वाच सबैभन्दा प्रिय चीज हुन् ।
स्मार्ट वाच भएपछि सबै काम घडीबाटै हुने उनी बताउँछन् । उपभोक्ताको रुचि र आवश्यकता ध्यानमा राख्दै विभिन्न ब्रान्डका स्मार्ट वाच बजारमा आएका छन् ।
त्यसबाहेक विदेशमा नेपालीको बढ्दो उपस्थितिका कारण पनि सहरका कलेजमा पढ्दै गरेका नयाँ पुस्ताका युवकयुवतीको ग्याजेट पहुँच बढ्दै गएको छ । अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, जापानमा बस्ने आफन्तलाई आफ्नो ग्याजेट अभिरुचि पूरा गर्न उनीहरू फर्माइस गर्छन् ।
युवा मात्र होइन, राम्रो आय भएका वस्यक र अधबैंशेहरू पनि स्मार्ट वाचबाट आफ्नो स्वास्थ्यको सामान्य ज्ञान हासिल गर्ने मात्र होइन, दैनिक व्यायामको रेकर्ड राख्ने अनि आधुनिक प्रविधिसँग नजिकिने विविधि कार्य गर्न तल्लीन हुन थालेकाले त्यसको फेसन बढ्दो छ।
स्मार्ट वाच प्रयोग त गर्ने तर कस्तो ? धेरैलाई कस्तो स्मार्ट वाच किन्ने भन्नेमा अन्योल हुन सक्छ । नयाँ स्मार्ट वाच किन्नुअघि विचार पुऱ्याउनुपर्ने केही कुरा ध्यानमा राख्दा पछुताउनु पर्दैन ।

प्रकाशित मिति: माघ २३ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • ८ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • धरानमा ल्याइएको अकबरे खुर्सानीमा भेटियो अत्याधिक मात्रामा विषादी

    धरानः धरान भित्रिएको अकबरे (डल्ले) खुर्सानीमा अत्याधिक मात्रामा विषादी भेटिएको छ । धरान–१३ स्थित कृषि बजारमा भित्रिएको अकबरे खुर्सानीमा विषादी भेटिएको हो । भोजपुरका किसानबाट...

    • १० घण्टा अगाडी
    • २ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १२ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १२ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १४ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • धरानमै थन्कियो ११ करोड बढी मूल्यको काठ

    -अर्जुन आचार्य धरानः कोशी प्रदेशका सरकारी तथा सामुदायिक वनहरूमा काठ दाउराको उत्पादन वर्षौंदेखिको औसतभन्दा निकै माथि पुगेर ऐतिहासिक रेकर्ड बनाइरहँदा वन पैदावार बिक्री भने सोही...

    • २ दिन अगाडी
    • १० मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend