धरानः धरान–१५ की एलिसा खड्काको मृत्यु रहस्यमय भएको छ ।
धरान–१५ की १९ वर्षीया एलिसाको विराटनगरमा मृत्यु भएको हो । एलिसाको केही धारिलो हतियार प्रहारबाट हत्या भएको जस्तो देखिएको र घाँटीमा नीलो डाम भएकाले उनको मृत्यु रहस्यमय रहेको परिवारको दाबी छ ।
यता प्रहरीले पनि सोही आशंकामा अनुसन्धान अघि बढाएको जनाएको छ । प्रहरीले साथी विराटनगर–१२ की लक्ष्मी राजवंशीलाई पक्राउ गरिसकेको जनाएको छ । गत माघ १८ गते राति खड्का राजवंशीको घरमा पुगेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका डिएसपी टिकाबहादुर कार्कीले पोष्टमार्टम रिपोर्टले थप कुरा खुल्ने बताए । गत बुधबार राति खड्काको विराटनगरस्थित कोशी अस्पतालमा पुरयाएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।