सुन्दरहरैंचाः मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
दुर्घटनामा सुन्दरहरैंचा–३ बस्ने वर्ष ३७ को रविन पोखरेल रहेको प्रहरीले जनाएको छ । प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका अनुसार मोरङको सुन्दरहरैंचा–३ कोचनीस्थित भित्री पक्की सडक खण्डमा प्रदेश न. १ –०२–०४६ प २०१ नम्बरको मोटरसाइकल अनियन्त्रित हुन पुगेको थियो ।
टाउको तथा मुखमा चोट लागेर गम्भीर अवस्थामा उपचारका लागि न्यूरो अस्पताल लगिएको तर उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । तीब्र गतिमा मोटरसाइकल चलाएको कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।