Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पूर्वमै जहाँ सडकमै फालियो कुखुरा र अण्डा

शेखरनाथ जोगी
माघ २४ २०७९, मंगलबार
पूर्वमै जहाँ सडकमै फालियो कुखुरा र अण्डा

बिर्तामोडः चितवनमा तरकारी सडकभरी छरेर विरोध प्रदर्शन भएको केहीदिनमा झापाको बिर्तामोडका किसानले अण्डा र कुखुरा सडकमा फालेर विरोध जनाएका छन् ।
झापाका किसानले बिर्तामोडको मुक्ति चोकमा अण्डा र कुखुरा फालेर विरोध जनाएका छन् । प्रदर्शनमा सहभागी किसान भरत चम्लागाईंका अनुसार उत्पादनले उचित मूल्य र बजार पाउनु पर्ने माग गर्दै आफूहरुले अण्डा र कुखुरा सडकमा फालेर विरोध जनाएका हुन् ।
कृषिमा आत्मनिर्भर होउ भनेर सरकारले गरेको आग्रह अनुसार आफूहरु कृषि कर्ममा लागेर र उत्पादन पनि गरेको तर सरकारले त्यसको बजारीकरण नगरेकाले बाध्य भएर सडकमा उत्रिनु परेको उनले बताए ।
‘हामीसँग ८ रुपैयाँमा किनेको अण्डा उपभोक्ताले १५ रुपैयाँमा किनेर खानु परेको छ,’ उनले भने, ‘सरकारले बजारीकरणमा सहयोग नगरेकै कारण बिचौलिया मोटाउने र किसान मर्ने स्थिति आएको छ, यो स्थिति हटाउट सरकारले पहल गर्नुपर्छ ।’ किसान सडकमा लिएर आएका अण्डा र कुखुरा त्यसै छाडेर फर्केका थिए । ‘कुखुरा पाल्ने स्थिति नै छैन । के पाल्नु भनेर त्यहीँ छाडेर आयौं’, उनले भने ।
तर तस्करी नरोकिएको र आफूहरुको उत्पादनले बजार नपाएपछि बाध्य भएर सडकमा आउनुपरेको किसानले बताएका छन् । त्यस्तै उनीहरुले बैंकको भारी ऋण ब्याजदरका कारण कृषकलेहरुले आत्महत्या गर्नुपर्ने स्थिति आएको भन्दै प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति: माघ २४ २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • १० घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • धरानमा ल्याइएको अकबरे खुर्सानीमा भेटियो अत्याधिक मात्रामा विषादी

    धरानः धरान भित्रिएको अकबरे (डल्ले) खुर्सानीमा अत्याधिक मात्रामा विषादी भेटिएको छ । धरान–१३ स्थित कृषि बजारमा भित्रिएको अकबरे खुर्सानीमा विषादी भेटिएको हो । भोजपुरका किसानबाट...

    • १३ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १४ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १४ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १७ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • धरानमा इभीको ठक्करले ड्युटीमा रहेका प्रहरी हवल्दार गम्भीर

    धरानः धरानमा इभीले मोटरसाइकललाई ठक्कर दिँदा ड्युटीमा खटिएका एक प्रहरी गम्भीर घाइते भएका छन् । दुर्घटनामा प्रहरीका दुवै खुट्टा र अनुहारमा चोट लागेको छ...

    • १ दिन अगाडी
    • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend