Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा फूल (पुष्प) मेला शुरु (३० तस्वीरसहित)

हाम्रो कोशी आवाज
माघ २५ २०७९, बुधबार
धरानमा फूल (पुष्प) मेला शुरु (३० तस्वीरसहित)

धरानः फूल व्यावसायीलाई प्रेरित गर्ने उद्देश्यले धरानमा बुधबारबाट प्रदेश १ स्तरीय पुष्प प्रदर्शनी तथा व्यापार मेला शुरु भएको छ ।
फ्लोरिकल्चर एशोसिएशन सुनसरी, प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, धरान उपमहानगरपालिकाको सहयोगमा शुरु भएको प्रर्दशनी माघ २९ गतेसम्म पाँचदिनसम्म चल्नेछ । धरान–१२ स्थित पब्लिक हाइस्कुलको खेल मैदानमा भएको प्रदर्शनीमा फूल तथा नर्सरी, मलजन्य लगायत सामग्रीसहितका स्टलहरु रहेका छन् ।
प्रदेश १ सरकारका उद्योग, कृषि तथा सहकारी विकास मन्त्री भक्तिप्रसाद सिटौलाले प्रदर्शनीको उद्घाटन गरे । कार्यक्रममा प्रदेश १ का सांसद विजयकुमार राई, रमेश बस्नेत, धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघा, प्रदेश १ उद्योग, कृषि तथा सहकारी विकास मन्त्रालयका सचिव मेघनाथ तिम्सिनालगायतको उपस्थिति रहेको थियो ।
प्रदर्शनी आलांकारिक, बाह्रैमास फुल्ने आउट डोर फूल, सुनाखरी, इन्डोर प्लाण्ट, भवेना, मेरिगोल्ड, गजेनिया, साल्मिया, लिरियमलगायतका मौसमी, सदाबहार, क्याक्टस, बोन्साइलगायत राखिएका छन् । मेलामा कृषि औजार, फूलमा प्रयोग गरिने कम्पोष्ट मल, फूलको गानो, बीउ बिजन पनि प्रदर्शनी तथा बिक्रीमा राखिएको छ । प्रदर्शनी मेलामा करिब ४० वटा स्टल रहेको आयोजकले जनाएको छ ।
प्रदर्शनीमा फ्लावर जोन उत्कृष्ट स्टल घोषित हुँदै प्रथम बनेको छ भने सुक्कुम प्लान्ट, क्यामेलिया नर्सरी क्रमशः द्वितीय र तृतीय भएका छन् । यस्तै, उत्कृष्ट नफुल्ने आलङ्कारिक विरुवामा एभरेष्ट नर्सरी, उत्कृष्ट फुल्ने आलङ्कारिक विरुवामा हाम्रो गार्डेन सेन्टर, उत्कृष्ट मौसमी फूल वनेम फलोरा घोषित भए ।

प्रकाशित मिति: माघ २५ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend