Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मोटरसाइकलको कर बुझाउनुभएको छैन ? फागुन मसान्तभित्र बुझाए छुट

हाम्रो कोशी आवाज
माघ २६ २०७९, बिहिबार
मोटरसाइकलको कर बुझाउनुभएको छैन ? फागुन मसान्तभित्र बुझाए छुट

धरानः यातायात व्यवस्था कार्यालय काठमाडौंले मोटरसाइकलको कर नबुझाएकाहरूलाई फागुन मसान्तसम्म कर बुझाए जरिवाना छुट दिने भएको छ ।
कार्यालयले एक सूचना जारी गर्दै आर्थिक वर्ष २०७०–७१ देखि आर्थिक वर्ष २०७५र७६ सम्म तोकिए बमोजिमको कर तथा नवीकरण समेत भुक्तानी नगरेका सवारी धनीले यही २०७९ फागुन मसान्तभित्र कर बुझाएमा सो अवधिको जरिवाना छुट दिने जनाएको हो । बागमती प्रदेश आर्थिक ऐन २०७९ को दफा १८ ले आर्थिक वर्ष २०७०र०७१ देखि आर्थिक वर्ष २०७५र०७६ सम्म तोकिएबमोजिम कर तथा नवीकरणसमेत भुक्तानी नगरेका सवारी धनीले फागुन मसान्तभित्र कर बुझाउन आएमा प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७५ अनुसार लाग्ने सो अवधिको जरिवाना छुटको व्यवस्था गरेको सूचनामा उल्लेख छ ।
यस्तै, प्रयोग नभएका सवारी साधनहरु चालु आर्थिक वर्षसम्मको कर नवीकरण तथा जरिवाना रकम भुक्तानी गरी विधिवत् लगतकट्टा गर्न पनि भनेको छ । त्यसैगरी, ट्राफिक प्रहरीको कारबाहीमा परी प्रहरी कार्यालयमा रहेमा सवारी साधनका धनीहरुलाई पनि कर, नवीकरण तथा दण्ड दस्तुर तिरेर सवारी साधन जिम्मा लिन आग्रह गरिएको छ । सवारी साधन कर नतिरेमा सरकारी बक्यौता सरह असुलउपर गरिने र त्यसका लागि स्थानीय तहहरूसँग समन्वयसमेत गरिएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: माघ २६ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend