Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

३४ जना दलित छात्रालाई छात्रवृत्ति

हाम्रो कोशी आवाज
माघ २६ २०७९, बिहिबार
३४ जना दलित छात्रालाई छात्रवृत्ति

विराटनगरः मोरङका तीन दर्जन गरिब दलित छात्राहरुलाई मानव अधिकार तथा शान्ति समाज नेपालले पढाइमा प्रोत्साहन दिइरहेको छ ।
विपन्न दलित छात्राहरुको माध्यमिक शिक्षामा पहुँच बढाउन गत वर्षदेखि पाँच वर्षे छात्रवृत्ति अभियान सञ्चालन गरी शान्ति समाज नेपालले मोरङको कटहरी र धनपालथान गाउँपालिकाका तीन दर्जन गरिब दलित छात्राहरुलाई वर्षेनी छात्रवृत्ति प्रदान गरि पढाईमा प्रोत्साहन गर्न थालेको हो ।
‘छोरी पढाऔं गरिमा बढाऔँ’ भन्ने आहवानसहित ६ कक्षामा पढने दलित छात्राहरुलाई गत वर्षदेखि छात्रवृत्ति प्रदान गर्न थालिएको र कक्षा १० सम्म पुगुन्जेल निरन्तर जनही १२ हजारका दरले छात्रवृत्ति प्रदान गरिरहने मानव अधिकार तथा शान्ति समाजका निवर्तमान सभापति गोवन्द खनालले बताए ।
पूर्व सभापति खनालका अनुसार समाजले यो वर्षका लागि २५ माघमा मोरङको कटहरी गाउँपालिकास्थित थलाहाको जनता माविमा औपचारिक कार्यक्रम आयोजना जम्मा ३४ जना दलित छात्राहरुलाई जनही १२ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरेको छ । छात्रवृत्ति पाउनेहरुमा कक्षा ७ मा अध्यनरत कटहरी थलाहास्थित जनता माविका २७ जना र धनपालथान गाउँपालिकाको दादरबेरिया स्थित सरस्वती माविका ७ जना विपन्न दलित छात्राहरु रहेका छन् । शान्ति समाज नेपालले पहिलो वर्ष २०७८ मा ६ कक्षामा अध्ययनरत ३७ जना बालिकालाई छात्रवृत्ति प्रदान गरेको थियो । तर ती मध्ये तीन जनाले विद्यालय छाडेकोले यो वर्ष ३४ जनाले मात्र छात्रवृत्ति पाएका छन् ।
छात्रवृत्ति वितरण कार्यक्रममा शान्ति समाज नेपालका केन्द्रीय सभापति रामकृष्ण बराल, पूर्व उपसभापति गोविन्द खनाल, उत्तम पुडासैनी, सचिव लक्ष्मीनारायण मिश्र, मोरङका सभापति प्राडा जीवन ढकाल सहभागी थिए । कार्यक्रममा जनता माविका प्रअ रामनारायण विश्वास, सरस्वती माविका शिक्षकहरु हरि कट्टेल, भगवान पुडासैनी, धन थापा, लगायतले शान्ति समाजले दलित समुदायका छात्राहरुको शिक्षामा पहुँच बढाउन थालेको पाँच वर्षे छात्रवृत्ति अभियानको प्रशंसा गरेका थिए ।
पाँच वर्षसम्म प्रदान गरिने यो छात्रवृत्ति अभियानका लागि यो वर्ष शान्ति समाजका सदस्य र शुभचिन्तकहरु रामप्रसाद जोशीले २ जना, अनुजा खनालले २ जना, सम्वत थापाले २ जना र उर्मिला पराजुलीले २ जनालाई सहयोग प्रदान गरेका थिए । यसैगरी रामकृष्ण बराल, गोविन्द खनाल, होमकान्त चौलागाई, उत्तम पुडासैनी, रत्नलक्ष्मी श्रेष्ठ, कृष्णबहादुर रावल, डिकप्रसाद घिमिरे, विकास थापा, नम्रता खरेल, सुदीप रिजाल, किरण ढकाल, भेषराज पोखरेल, डिल्लीबहादुर कार्की, दिलबहादुर कार्की, कोमलप्रसाद शर्मा, यमुना कँडेल, रामबाबु दाहाल, लोचन रिजाल, राजेन्द्र खनाल, भैरव रिजाल, अच्युत बराल, मीना चौलागाई, राधिका खनाल, लक्ष्मी बराल, अपूर्वा शर्मा र आर्या पाण्डेले पनि यो छात्रवृत्ति अभियानमा सहयोग गरेका थिए ।

प्रकाशित मिति: माघ २६ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend