Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बैंकले ल्यायो कर्जा लिन सहज बनाउने नीति, अबदेखि बैंकले ऋणीको तस्वीर सार्वजनिक गर्न नपाउने 

हाम्रो कोशी आवाज
माघ २७ २०७९, शुक्रबार
बैंकले ल्यायो कर्जा लिन सहज बनाउने नीति, अबदेखि बैंकले ऋणीको तस्वीर सार्वजनिक गर्न नपाउने 

धरानः नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लागि १२६ बुँदे निर्देशन जारी गरेको छ । असल कर्जा सम्बन्धी थप व्यवस्था बढीमा एक वर्षसम्म भुक्तानी अवधि भएको चालु पुँजी कर्जालाई नवीकरण गर्दा असल कर्जामा समावेश गर्न सकिने व्यबस्था गरेको छ ।
त्यस्तै, असल कर्जा सम्बन्धी थप व्यवस्था इजाजतपत्रप्राप्त संस्थाले ऋणीको कर्जा तिर्न सक्ने क्षमता, भावी नगद प्रवाह, आम्दानीको स्रोत जस्ता कर्जा इजाजतपत्रप्राप्त संस्थाले ऋणीको कर्जा तिर्न सक्ने क्षमता, भावी नगद प्रवाह, आम्दानीको स्रोत जस्ता कर्जा प्रवाहका न्यूनतम आधारहरुको विश्लेषण पश्चात कर्जा सदुपयोगको सुनिश्चितता हुने गरी मात्र कर्जा नवीकरण गर्नुपर्नेछ ।
यस्तै, बैंकले अबदेखि कर्जा असुलीका लागि प्राकृतिक व्यक्तिको तस्वीर प्रकाशन गर्न नपाउने भएको छ । नेपाल राष्ट्र बैंकले कुनै पनि बैंकले सार्वजनिक सूचना प्रकाशित गर्दा प्राकृतिक व्यक्तिको तस्वीर प्रकाशन गर्न नपाइने व्यवस्था गरेको हो । एक वर्ष भन्दा बढी अवधिका लागि प्रवाह भएको कर्जा असुलीमा सार्वजनिक सूचना तथा धितो लिलामीको कारबाही सुरु गर्नु अघि कर्जाले भाखा नाघेको कम्तीमा ६ महिना व्यतित भई शंकास्पद वर्गमा वर्गीकरण भएको हुनु पर्ने व्यवस्था रहेको थियो ।
त्यसमा केन्द्रीय बैंकले कर्जा असुलीका लागि सार्वजनिक सूचना प्रकाशित गर्दा प्राकृतिक व्यक्तिको तस्वीर प्रकाशन गर्न नपाइने व्यवस्था गरेको छ । ‘कर्जा असुलीका लागि सार्वजनिक सूचना प्रकाशित गर्दा प्राकृतिक व्यक्तिको तस्वीर प्रकाशन गर्न पाइने छैन’ राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशिकामा भनिएको छ । ब्यांक तथा वित्तीय संस्थाले कर्जा बुझाउन नआउने ऋणीको तस्वीरसहित राखेर ऋण तिर्न आउने वा लिलामीको सूचना प्रकाशित गर्दै आएका थिए । यसले ऋणीको मानहानी गर्ने गरेको भनी आलोचना हुने गरेको थियो ।

प्रकाशित मिति: माघ २७ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend