Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एम्बुलेन्स नहुँदा सास्ती

हाम्रो कोशी आवाज
माघ २७ २०७९, शुक्रबार
एम्बुलेन्स नहुँदा सास्ती

खोटाङ: छ वर्षअघि खोटाङ सेवा समाज बेलायतले जिल्लाका लागि सात एम्बुलेन्स एकसाथ उपलब्ध गरायो । खोटाङमा जन्मिएर रोजगारीको सिलसिलामा बेलायतमा बासोबास गर्दै आएकाहरुले स्थापना गरेको समाजले दुई प्राथमिक स्वास्थ्य केन्द्र र पाँच स्वास्थ्यचौकीलाई रु एक करोड १२ लाखमा खरिद गरिएका ती एम्बुलेन्स उपलब्ध गराएको हो ।
जन्तेढुङ्गा गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी, ऐसेलुखर्क गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्क, दिप्रुङ चुइचुम्मा गाउँपालिकाको डाँडागाउँ स्वास्थ्यचौकी, केपिलासगढी गाउँपालिकाको बाक्सिला स्वास्थ्यचौकी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बुइपा स्वास्थ्यचौकी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकै निर्मलीडाँडा स्वास्थ्यचौकी र खोटेहाङ गाउँपालिकाको सिम्पानी स्वास्थ्यचौकीलाई एम्बुलेन्स उपलब्ध गराइएको थियो । जिल्लामा भरपर्दो अस्पताल नहुँदा सामान्य रोगका बिरामीलाई उपचारका लागि अन्यत्र लैजानुपर्ने बाध्यता छ । तर चाहिएका बेला ती एम्बुलेन्स भने उपलब्ध हुँदैनन् ।
ऐसेलुखर्क, लामाखु र सिम्पानीको एम्बुलेन्स लामो समयदेखि बिग्रिएर थन्किएका छन् । एम्बुलेन्स मर्मत गरेर पुनः सञ्चालनमा ल्याउन अहिलेसम्म कसैको ध्यान गएको छैन । ऐँसेलुखर्कको ग्यारेजमा चार वर्षदेखि थन्किएको एम्बुलेन्स मर्मत खर्च बढी लाग्ने भएकाले त्यतिकै रहेको गाउँपालिका प्रमुख गीरेन्द्रबहादुर राईले जानकारी दिए । “एम्बुलेन्स मर्मत गर्न रु छ लाख बढी खर्च लाग्छ”, उनले भने ।
लामाखुको एम्बुलेन्स तीन वर्ष अगाडि सिराहाको कञ्चनपुरमा दुर्घटनामा परेपछि उतै थन्किएको एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष मिलनचन्द्र राईले जानकारी दिए । “उक्त एम्बुलेन्स पुनः सञ्चालनमा आउने सम्भावना कम छ”, उनले भने ।
यस्तै, सिम्पानीको एम्बुलेन्स बिग्रिएर थन्किएको दुई वर्ष भएको गाउँपालिका अध्यक्ष उदिमबहादुर राईले बताए । खर्च व्यवस्थापन गरेर बिग्रिएको एम्बुलेन्स पुनः सञ्चालनमा ल्याउन पहल भइरहेको उनको भनाइ छ । चिसापानी, डाँडागाउँ, बाक्सिला बजार र बुइपाको एम्बुलेन्स भने हालसम्म सञ्चालनमा छन् । तर उचित व्यवस्थापन नहुँदा बिरामीलाई आवश्यक परेका बेला भने ती उपलब्ध नहुने सेवाग्राहीको आरोप छ ।
जिल्ला अस्पताल, बुइपा, ऐँसेलुखर्क, केपिलासगढी, जन्तेढुङ्गा, दिप्रङ चुइचुम्मा, बराहपोखरी र साकेला गाउँपालिकामा पनि हाल एम्बुलेन्स सञ्चालनमा छन् । बराहपोखरी, दिप्रुङ चुइचुम्मा, रावाबेँसी, ऐसेलुखर्क र साकेलाले आफ्नै पहलमा पनि एम्बुलेन्स खरिद गरेर सञ्चालनमा ल्याएका छन् ।
खोटाङ सेवा समाज बेलायतले दिएको सात बाहेक जिल्लामा अन्य नौ एम्बुलेन्स छन् । तर चाहिएको समयमा उपलब्ध नभएको उपभोक्ताको गुनासो छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिक्तेल रुपाकोट मझुवागढी –५ लफ्याङका लागि उपलब्ध गराएको एम्बुलेन्स दिक्तेलस्थित रत्नपार्कमा बिग्रिएर थन्किएको छ । हलेसी तुवाचुङ नगरपालिकासित हालसम्म एम्बुलेन्स छैन । “उपलब्ध एम्बुलेन्स पनि बिग्रिएर काम नलाग्ने अवस्थामा छ”, स्थानीय चक्रबहादुर राईले भने ।
नेपाल रेडक्रस सोसाइटी खोटाङ शाखाको एम्बुलेन्स पनि बिग्रिएको छ । केही समय अगाडि काभ्रेको धुलिखेलमा दुर्घटनामा परेपछि हाल मर्मत भइरहेको रेडक्रस खोटाङका सभापति ज्ञानेन्द्र जोशीले बताए । जिल्लामा रहेका एम्बुलेन्स चालु अवस्थामा राख्न सम्बन्धित पक्षलाई आग्रह गरिएको जिल्ला समन्वय समितिका प्रमुख एवं अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सनबहादुर राईको भनाइ छ ।
“सबै ठाउँमा पर्याप्त स्वास्थ्य सेवा उपलब्ध छैन । जुनसुकै समयमा पनि समस्या आउन सक्छ”, उहाँले भन्नुभयो, “सम्भावित घटनाबाट बचाउन उपलब्ध एम्बुलेन्स चालु अवस्थामा राख्न सम्बन्धित पक्षलाई आग्रह गरेको छु ।” जिल्लाका अधिकांश सडक कालोपत्र नगरिएकाले एम्बुलेन्स सञ्चालनमा समस्या आएको उनको भनाइ छ । भएका एम्बुलेन्स पनि उचित व्यवस्थापन नहुँदा चाहिएको समयमा उपलब्ध हुन मुस्किल हुनेगरेको छ । रासस

प्रकाशित मिति: माघ २७ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • ११ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १५ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १५ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १८ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ
  • उदयपुरमा माइक्रो र ट्रक ठोक्किँदा १७ जना घाइते

    धरानः माइक्रोबस (हायस) र ट्रक एकआपसमा ठोक्किँदा चालकसहित १७ जना घाइते भएका छन् । उदयपुरगढी गाउँपालिका–७ अँधेरीस्थित सडक–खण्डमा ट्रक र यात्रुबाहक माइक्रो बस (हायस) एक–आपसमा...

    • २ दिन अगाडी
    • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend