Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

घरको छानामाथि टयाक्टर खसेर किच्दा एकजनाको मृत्यु

हाम्रो कोशी आवाज
माघ २७ २०७९, शुक्रबार
घरको छानामाथि टयाक्टर खसेर किच्दा एकजनाको मृत्यु

तेह्रथुमः तेह्रथुममा घरमाथि टयाक्टर खसेर किच्दा एकजनाको मृत्यु भएको छ ।
तेह्रथुमको म्याङलुङ नगरपालिका १० सुर्केमा ट्याक्टर अनियन्त्रित भएर घरको छानामा पल्टिएको थियो । टयाक्टर पल्टिएर किच्दा घरको भान्सा कोठामा आगो तापिरहेकी म्याङलुङ–६ की ७८ वर्षीया हर्कमति लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बसन्तपुरबाट म्याङलुङतर्फ खाना पकाउने ग्याँस लिएर जाँदै गरेको को२त ५५३८ नम्बरको ट्याक्टरले उनलाई किचेको हो । गम्भीर घाइते लिम्बूको उपचारको क्रममा जिल्ला अस्पताल तेह्रथुममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, टयाकटरले पैदलयात्री ६२ वर्षीय दलबहादुर लिम्बूलाई ठक्कर दिएको थियो । गम्भीर घाइते दलबहादुरको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न ट्याक्टर चालक वर्ष २२ का देशबहादुर लिम्बूलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान शुरु गरेको जनाएको छ ।

प्रकाशित मिति: माघ २७ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • ११ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • धरानमा ल्याइएको अकबरे खुर्सानीमा भेटियो अत्याधिक मात्रामा विषादी

    धरानः धरान भित्रिएको अकबरे (डल्ले) खुर्सानीमा अत्याधिक मात्रामा विषादी भेटिएको छ । धरान–१३ स्थित कृषि बजारमा भित्रिएको अकबरे खुर्सानीमा विषादी भेटिएको हो । भोजपुरका किसानबाट...

    • १४ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १५ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १५ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १८ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend