धरानः धरान–९ का एक व्यक्ति पक्राउ परेका छन् ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले सवारी ज्यान मुद्दाका फरार प्रतिवादी उनलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धरान–९ सुनसरीका ६१ वर्षीय लक्ष्मण शाक्य रहेका छन् । सवारी ज्यान मुद्दामा जिल्ला अदालत धनकुटाको मिति २०४९–०७–१८ गतेको सजाय निर्धारण फैसला आदेशले १ वर्ष कैद र ५ सय रुपैयाँ जरिवाना भई फरार रहेका शाक्यलाई खोजतलासको क्रममा गाउँघरमा नै लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका शाक्यलाई सुनसरी जिल्ला अदालत इनरुवामा दाखिला गरेकोमा कैद भुक्तानको लागि झुम्का कारागार पठाइएको प्रहरीले जनाएको छ ।