Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पिकअप भ्यानमा गाँजा फेला परेपछि धरानका दुईजना समातिए

हाम्रो कोशी आवाज
फाल्गुन १ २०७९, सोमबार
पिकअप भ्यानमा गाँजा फेला परेपछि धरानका दुईजना समातिए

धरानः सुनसरीको देवानगञ्जमा गाँजा बोकेको पिकअप भ्यानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । देवानगञ्जज गाउँपालिका–६बाट लागुऔषध गाँजा बोकेको पिकअप भ्यान सहित दुई जना पक्राउ परेका हुन् ।
राजगञ्ज सिनवारी–कप्तानगञ्ज सडक खण्डबाट को १ ज १६६१ नम्बरको अम्लिसोको कुचो बोकेको पिकअप गाडीलाई चेकजाँच गर्ने क्रममा कुचोभित्र लुकाई राखेको ३ सय ५० किलोग्राम (७ बोरा) गाँजा बरामद गरेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका एसपी नविनराज राईले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको प्रहरी टोलीले गाँजा बरामद गरेको हो । गाँजासँगै पिकअपका चालक धरान–१६ का २७ वर्षीय पूर्णबहादुर राई र सहचालक विजय राई समेत पक्राउ परेका छन् ।
गाँजा बोकेको पिकअप गाडीसहित पक्राउ परेका दुवै जनामाथि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: फाल्गुन १ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

  • इटहरीमा सडकको डिभाइभरमा मोटरसाइकल ठोक्किँदा अनिल राईको मृत्यु

    धरानः इटहरीमा मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते बनेका छन् । पानी परिरहेको समयमा चिप्लिएर सडकको डिभाइडरमा...

    • ७ मिनेट अगाडी
    • १ मिनेट पाठ
  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • १२ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • धरानमा ल्याइएको अकबरे खुर्सानीमा भेटियो अत्याधिक मात्रामा विषादी

    धरानः धरान भित्रिएको अकबरे (डल्ले) खुर्सानीमा अत्याधिक मात्रामा विषादी भेटिएको छ । धरान–१३ स्थित कृषि बजारमा भित्रिएको अकबरे खुर्सानीमा विषादी भेटिएको हो । भोजपुरका किसानबाट...

    • १५ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १६ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १६ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १९ घण्टा अगाडी
    • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend