Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

हात्तीपीडितलाई क्षतिपूर्ति दिन वडाअध्यक्षको माग

हाम्रो कोशी आवाज
फाल्गुन २ २०७९, मंगलबार
हात्तीपीडितलाई क्षतिपूर्ति दिन वडाअध्यक्षको माग

झापाः मेचीनगर नगरपालिकाका –४ का वडा अध्यक्ष अर्जुन कार्कीले हात्तीपीडित जनतालाई उचित राहत प्रदान गर्न सरकारसमक्ष माग गरेका छन् । सोमबार आयोजित एक कार्यक्रममा उनले सो माग गरेका हुन् ।
बाहुनडाँगी क्षेत्रका हात्तीपीडित जनतालाई उचित राहत र दीर्घकालीन समस्या समाधानका लागि सरकारले स्पष्ट योजना बनाउन माग गरे । हात्तीपीडित जनतको राहतका लागि स्थानीय सरकारले केही मल्हमपट्टीको प्रयास गरे पनि त्यो पर्याप्त नभएको उनको भनाइ छ । मानव र हात्तीको सहअस्तित्व कायम गरेर अगाडि बढ्न सकेमात्रै भलाइ हुने उनको भनाइ छ ।
हात्तिहरु दिनभरी भारतको कोलाबारीमा बस्छन्, राति भएपछि नेपालतिर आएर अन्नबाली, जनधनको क्षति गर्छन् कार्कीले भने, “अहिलेसम्म पीडित परिवारका लागि हामीले स्थानीयस्तरबाट सानातिना मल्हमपट्टीको काम गरे पनि परिवारको शिक्षा दीक्षा, स्वास्थ्य स्थिति के छ, आयआर्जन के छ भन्नेबारेमा राज्यको ध्यान पुगेको छैन ।”
स्थानीय तहको सानो पहलले मात्रै समस्या समाधान नभएको भन्दै सिंहदरबारको ध्यानाकर्षण गराउन आफू काठमाडौं आएको पनि उनले बताए । पीडितको माग सम्बोधनमा ढिलाई गर्न नहुने उनले सरकारसँग माग गरे ।

प्रकाशित मिति: फाल्गुन २ २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्

  • इटहरीमा सडकको डिभाइभरमा मोटरसाइकल ठोक्किँदा अनिल राईको मृत्यु

    धरानः इटहरीमा मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते बनेका छन् । पानी परिरहेको समयमा चिप्लिएर सडकको डिभाइडरमा...

    • ७ मिनेट अगाडी
    • १ मिनेट पाठ
  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • १२ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १६ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १६ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १९ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend