Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान रंगशालामा ‘धरान एक्स्पो २०७९’ हुने

हाम्रो कोशी आवाज
फाल्गुन ४ २०७९, बिहिबार
धरान रंगशालामा ‘धरान एक्स्पो २०७९’ हुने

धरानः धरानमा ‘धरान एक्स्पो २०७९’ हुने भएको छ ।
धरान उपमहानगरपालिका र प्रदेश १ सरकारको सहयोगमा फागुन ११ देखि २० गतेसम्म आयोजना हुने एक्स्पो धरान रंगशालामा हुनेछ । एक्स्पोका लागि रंगशालामा अस्थायी संरचना निर्माण गर्ने र आवश्यक अन्य व्यवस्थापनलाई आयोजक सुनसरी उद्योग वाणिज्य संघले तीब्रता दिएको छ ।
कृषि उत्पादन, कृषि उद्यम, उद्योग र पर्यटनको विकासमा योगदान पुरयाउने उद्देश्यले एक्स्पो आयोजना गरिएको संघका अध्यक्ष विजय श्रेष्ठले जानकारी दिए ।
धरान एक्स्पो २०७९ का संयोजक गोपाल श्रेष्ठले एक्स्पोले अर्थतन्त्रलाई थप टेवा पुग्ने विश्वास व्यक्त गरे । ‘मोरङ, झापा, इलाम, उदयपुर, धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुरबाट मानिसहरु एक्स्पो अवलोकन एवम् व्यापार गर्न आउने अपेक्षा गरेका छौं’ उनले भने, ‘एक्स्पोले धरानको सुस्ताएको बजारलाई सक्रिय बनाएर व्यापार तथा व्यवसायिक क्षेत्रको पुनरुत्थानमा टेवा पुर्याउने विश्वास लिएका छौँ ।’

नेपाल, भारत, पाकिस्तान लगायतका राष्ट्रहरूबाट गरि एक्स्पोमा एक सय १३ स्टलले आ–आफ्नो उत्पादन र सेवा ब्रिकि, प्रदर्शनी एवम् प्रवद्र्धन गर्नेछन् । एक्स्पोमा दैनिक ३० हजार अवलोकनकर्ताहरूले अवलोकन गर्ने र एक्स्पो अवधिभर १० करोड बढीको व्यापार हुने आयोजकले अनुमान गरेको छ । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले उदघाटन गर्ने एक्स्पोमा उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्ष अञ्जन श्रेष्ठ, दिनेश श्रेष्ठ र रामचन्द्र सांघाईलगायत अतिथिको उपस्थिति रहनेछ ।
एक्स्पोको मुख्य प्रायोजकका रूपमा मितेरी डेभलपमेन्ट बैंक, सानिमा जनरल इन्स्योरेन्स, टुबोर्ग बियर, हुन्डाई, निक, त्रिवेणी ग्रुप, लक्ष्मी र यति कार्पेट रहेका छन् ।
संघले विगत ३ वर्षअघिदेखि धरानमा एक्स्पो आयोजना गर्ने प्रयास गर्दै आएको थियो भने विभिन्न परिस्थितिका कारण आयोजना हुन नसकेको धरान एक्स्पो यसपाली भव्यताका साथ सम्पन्न हुने आयोजकले जनाएको छ । एक्पोमा दैनिक ३० हजार मानिसहरुले अवलोकन गर्ने साथै व्यापारिक एवं सर्वसाधारणले करिब १० करोड रूपैयाँको कारोबार गर्ने आयोजकले अनुमान गरेको छ । तस्वीरः लक्ष्मण थापा

प्रकाशित मिति: फाल्गुन ४ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend