विराटनगरः उदयपुर र मोरङको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित औषधिसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका ४ का ३७ वर्षीय हरीकृष्ण सुनुवार र कटारी ३ का कुमार सुनुवारलाई नाईट्राभेट २६५ ट्याबलेट र लुपिजेसिक, डाईजेपाम, एल्जिक समेत गरी ८९ एम्पुलसहित पक्राउ गरेको हो भने विराटनगर महानगरपालिका १२ स्थितमा वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले बेलबारी नगरपालिका ४ का २७ वर्षीय अजय राईलाई शंका लागि चेक जाँच गर्दा उनको साथबाट स्पास्मो २४ ट्यावलेट र नाईट्रोसन १० ट्यावलेट फेला परेकोले पक्राउ गरिएको छ । प्रतिबन्धित औषधिसहित पक्राउ परेका उनिहरुको सम्वन्धित कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।