सुनसरीः सुनसरीको इटहरी उप–महानगरपालिका–२ स्थितमा पार्किङ गरी राखेको मोटरसाइकल चोरी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इटहरी–२ का दुर्गेस चौधरी र धनकुटा नगरपालिका–१ का सौगात थापा रहेका छन । उनीहरुले गत माघ २५ गते इटहरी–२ का विक्रम खड्काको प्रदेश १–०२–०४० प ३३१८ नम्वरको सुपर स्पेल्डर मोटरसाइकल पार्किङ गरी राखेको स्थानबाट चोरी गरेका थिए ।
खोजतलासमा खटिएको प्रहरी टोलीले दुवैजनालाई विराटनगर–११ स्थितबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।