Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा दुर्घटना, दुईजनाको मृत्यु

हाम्रो कोशी आवाज
फाल्गुन ७ २०७९, आइतबार
सुनसरीमा दुर्घटना, दुईजनाको मृत्यु

सुनसरीः सुनसरी जिल्लामा भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।
हरिनगरा गाँउपालिका–१ स्थित हुलाकी सडक खण्डमा को२५प ८८०९ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेकी भारत अररियाका सुवोध मुखियाको ७ वर्षीया छोरी नैनाकुमारी मुखियालाई ठक्कर दिँदा घाइते भएकी मुखियाको उपचारको क्रममा गोल्डेन अस्पताल विराटनगरमा मृत्यु भएको हो ।
यसैगरी रामधुनी नगरपालिका–७ स्थित भित्री सडक खण्ड को२त ५५८१ नम्बरको ट्याक्टरबाट लडी घाइते भएका रामधुनी–७ का १६ वर्षीय कृष्ण चौधरीको उपचारको क्रममा धरानस्थित बीपी प्रतिष्ठानमा मृत्यु भएको हो ।
दुर्घटनामा संलग्न रहेका मोटरसाइकल चालक हरिनगरा–२ का २१ वर्षीय सदाम अन्सारी र ट्याक्टर चालक रामधुनी–७ का ३५ वर्षीय लव चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: फाल्गुन ७ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend