Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान एक्स्पो २०७९ मा रैथाने उत्पादनलाई प्राथमिकता

हाम्रो कोशी आवाज
फाल्गुन ७ २०७९, आइतबार
धरान एक्स्पो २०७९ मा रैथाने उत्पादनलाई प्राथमिकता

महिला, अपाङ्ग र विद्यार्थीका स्टललाई ५० प्रतिशत छुट
धरान । धरान एक्स्पो २०७९ मा सुनसरीका रैथाने उत्पादनलाई उच्च प्राथमिकता दिइने भएको छ ।
सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा फागुन ११ बाट दश दिनसम्म धरान रङ्गशालामा आयोजना हुन लागेको एक्स्पोमा स्थानीय उत्पादनलाई विशेष प्राथमिकता दिइने भएको हो ।
औद्योगिक, व्यापारिक, कृषि, पर्यटन, खेलकुद र साहित्यीक क्षेत्रलाई केन्द्रमा राखेर आयोजना हुन लागेको प्रदर्शनीमा मह, माछा, सुकुटी, अचार, चिया, फूल, धराने कालो बङ्गुर जस्ता सुनसरीका अग्र्यानिक उत्पादनलाई विशेष स्थान दिइने एक्स्पोका स्टल संयोजक विष्णु बरालले जानकारी दिएका छन् ।
अग्र्यानिक उत्पादनबाहेक प्याराग्लाइडिङ, तमोर–चतरा र्याफ्टिङ लगायत साहसिक खेल र पर्यटन क्षेत्रलाई पनि उच्च प्राथमिकता दिइने छ ।
त्यसबाहेक धरानमा आयोजना हुन लागेको एक्स्पो अवधिभर धरान क्षेत्रमा रहेका होटलसँग सहकार्य गर्दै एक्स्पो घुम्न आउने अवलोकनकर्ता, व्यवसायी र उद्यमीलाई विशेष प्याकेज उपलब्ध गराइने स्टल संयोजक बरालले बताएका छन् ।
‘एक्स्पोको मुख्य उद्देश्य सुनसरीका रैथाने उत्पादन र सेवाको प्रवद्र्धन गर्नु हो त्यसैले विभिन्न माध्यमबाट यसलाई प्रस्तुत गर्ने गरी काम गरिरहेका छौँ’ स्टल संयोजक बराल भन्छन्, ‘एक्स्पोलाई अन्तर्राष्ट्रियकरण गर्ने विषयमा ध्यान दिएका छौँ नै सँगै रैथाने उत्पादनको विशेष प्रवद्र्धनमा कुनै कमी नहुने गरी काम भइरहेको छ ।’
एक्स्पोमा सहभागि हुने महिला, विद्यार्थी र अपाङ्ग व्यक्तिहरुको लागि स्टल मुल्यमा ५० प्रतिशत छुट उपलब्ध गराइएको छ । घरेलु, स्टार्ट अप र फरक क्षमताका व्यवसायी, उद्यमीको उत्पादन, उद्यम र मेहनतलाई प्रवद्र्धन र व्यवसायीकरणमा सहयोग पुर्याउने लक्ष्यका साथ छुटको अफर ल्याइएको आयोजकले बताएको छ ।
सुनसरीका उत्पादनबारे सुनसरी क्षेत्रका उपभोक्ताले मात्र नभई सबैले जानकारी पाउन र उपभोग गरुन भन्ने उद्देश्य साथ आयोजना गरिएको प्रदर्शनीलाई धरान उपमहानगरपालिका र प्रदेश १ सरकारको सहयोग रहेको छ ।
मितेरी डेभलपमेन्ट बैंक, सानिमा जनरल इन्स्योरेन्स, टुबोर्ग, हुन्डाई, निक, त्रिवेणी ग्रुप, लक्ष्मी र यति कार्पेटको मुख्य प्रायोजन रहेको एक्स्पोलाई दैनिक ३० हजार अवलोकनकर्ताले अवलकोलन गर्ने अपेक्षा गरिएको छ ।
एक सय १३ स्टल रहने एक्स्पोमा हरेक दिन स्थानीय र राष्ट्रियस्तरका कलाकारको प्रस्तुति रहनेछ । फागुन ११ देखि २० गतेसम्म आयोजना हुने प्रदर्शनीमा १० करोड बढीको कारोबार हुने अनुमान आयोजकको रहेको छ ।

प्रकाशित मिति: फाल्गुन ७ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend