Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सवारी दुर्घटनामा २ जनाको मृत्यु

हाम्रो कोशी आवाज
फाल्गुन ८ २०७९, सोमबार
सवारी दुर्घटनामा २ जनाको मृत्यु

मोरङः मोरङको दुई स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन । हिजो बिहान सुन्दरहरैचा ५ स्थित भित्री सडक खण्डमा प्रदेश १०२/०४७ प २८२४ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका स्कुटर चालक सुन्दरहरैचा ५ का ५० वर्षीय चक्रबहादुर श्रेष्ठको विराटनगरस्थित विराटटिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो भने सोही दिन राती ११ बजे विराटनगर ४ स्थित राजमार्गमा प्रदेश १/०२/०४२ प ६०४९ नम्बर र लु। १८ प ५४५६ नम्बरको मोटरसाईकल आपसमा ठक्कर लागी दुर्घटना हुदा घाईते भएका विराटनगर ४ का २६ वर्षीय प्रकाश महतको उपचारको क्रममा नोवेल अस्पतालमा मृत्यु भएको हो । घाईते भएका विराटनगर ५ का २४ वर्षीय अमन खान र अर्घाखाँची सन्धिखर्कका ४८ वर्षीय बिण्णु परियारको सोही अस्पतालमा उपचार भईरहेको छ ।

प्रकाशित मिति: फाल्गुन ८ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend