Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बराहक्षेत्रको हिमालयन स्कुलको वार्षिकोत्सव

हाम्रो कोशी आवाज
फाल्गुन ९ २०७९, मंगलबार
बराहक्षेत्रको हिमालयन स्कुलको वार्षिकोत्सव

बराहक्षेत्र: हिमालयन इङलिस स्कुलले ३२ औं वार्षिकोत्सव तथा खेलकुद, अभिभावक दिवस सम्पन्न गरेको छ । सोमबार विभिन्न खेलकुद, गीत संगीतको आयोजना गरी ३२ औं स्थापन दिवस मनाएको हो ।
कार्यक्रममा कक्षा नर्सरीदेखि १० सम्मका छात्र छात्राले विविध विधाका खेलकुद प्रस्तुत गरे । शिक्षिकाहरुले समेत नृत्य प्रस्तुत गरे । विद्यार्थीले गीत संगीतसगै थ्री लेगेड, थ्रेड एन्ड निडल, ह्वील व्यारो, कोइन पिकिङ, स्पोन एन्ड मार्वल र रिले दौड, टग अफ वारलगायतका रोचक खेल प्रस्तुत गरेका थिए । अभिभावकका लागि म्युजिकल चियर र भाले झार्ने प्रतियोगिता आयोजना गरिएको प्रिन्सीपल आलोक श्रेष्ठले बताए ।
कार्यक्रका प्रमुख अतिथि १ नम्बर प्रदेशका सांसद विजय राई, विशिष्ट अतिथि प्रदेश सासद ममता योन्जन तामाङ, वराहक्षेत्र नगरपालिका शिक्षा शाखा प्रमुख देवेन्द्र मल्ल रहेका थिए । यसैगरी नेपाल शिक्षक संघ नगर सभापति कृष्ण प्रसाद गुरागाई, स्थानीय युवा समाजसेवी अमर कटुवालले खेलकुदमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार तथा प्रमाण–पत्र वितरण गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि विजय राईले सामुदायिक विद्यालयले मात्र शिक्षाको भार थेग्न नसक्ने जिकिर गरे । उनले निजी तथा सस्थागत विद्यालय विना नेपाली शिक्षाको विकासको कल्पना गर्न नसकिने बताए ।
। शिक्षाको गुणस्तर बढाउन निजी क्षेत्रको भूमिकाको प्रशसा गर्दै सासद राईले वराहक्षेत्रको सबैभन्दा पुरानो हिमालयन स्कुलले शिक्षा क्षेत्रमा ठूलो योगदान दिएको बताए ।
विद्यालयकी सरक्षक बालकुमारी श्रेष्ठको उपस्थितिमा प्रधानाध्यापक आलोक श्रेष्ठको अध्यक्षता भएको कार्यक्रमको संचालन शिक्षक नवराज विष्टले गरेका थिए । हिमालयन इङ्लिस स्कुलमा बराहक्षेत्र नगरपालिका र सीमा क्षेत्रका जिल्लाहरु उदयपुर र धनकुटा समेतका विद्यार्थीहरुले अध्ययन गर्दै आएका छन् । बराहक्षेत्रकै पुरानो निजी तथा आवासीय विद्यालयमा हाल ८ सय बढी विद्यार्थी अध्ययनरत छन् । तस्वीरहरुः नवराज विष्ट/हाम्रो कोशी आवाज

प्रकाशित मिति: फाल्गुन ९ २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend