Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

इटहरीमा टेम्पो दुर्घटना, एकजनाको मृत्यु

हाम्रो कोशी आवाज
फाल्गुन १० २०७९, बुधबार
इटहरीमा टेम्पो दुर्घटना, एकजनाको मृत्यु

धरानः सुनसरीको इटहरीमा टेम्पो दुर्घटनामा एकजनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा इटहरी इटहरी–१० का ४० वर्षीय को राजेन्द्र सरदार रहेको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । इटहरी–१० आमझोकीस्थित भित्री पक्की सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को२ह ६४३२ नम्बरको टेम्पो अनियन्त्रित भई दुर्घटना भएको थियो ।
टेम्पोमा सवार उनी गम्भिर घाइते भई उपचारको विराट टिचिङ अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । चालक सोही स्थानका अजयकुमार चौधरी प्रहरी चौकी खनारको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: फाल्गुन १० २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend