Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान रंगशालामा ‘धरान एक्स्पो’ शुरु नहुँदै रमझम

हाम्रो कोशी आवाज
फाल्गुन १० २०७९, बुधबार
धरान रंगशालामा ‘धरान एक्स्पो’ शुरु नहुँदै रमझम

रंगशालामै बनेको घण्टाघर र खेल तमासाले मन तान्यो, सेल्फी हान्न तछाडमछाड, प्रदेश १ का सबै जिल्लाका स्थानीय उत्पादनको प्रदर्शनी हुने (१० तस्वीर र भिडियोसहित)

धरानः धरान–१६ स्थित धरान रंगशालामा हुन लागेको ‘धरान एक्स्पो’ को भोलिदेखि शुरु हुँदैछ ।
अहिले धरान रंगशाला मुनि रहेको मिनी रंगशालामा स्टल व्यवस्थापन, सजिसजाउलगायतको काम लगभग सकिएको छ । आयोजक सुनसरी उद्योग वाणिज्य संघले पत्रकार सम्मेलनको आयोजना गर्दै तयारी पूरा भएको जनाएको छ । रंगशालामा स्टल व्यवस्थापन गरेर चिटिक्क पार्दैै घण्टाघर निर्माण, सेल्फी हान्ने ठाउँ, खेल, मनोरञ्जन समेत गर्न पाइने व्यवस्था गरेको छ । रंगशालामै बनेको घण्टाघरले स्थानीयको मन तान्दै गएको छ । उद्घाटन नहुँदै सेल्फी हान्न तछाडमछाड गरेको दृश्य पनि देखिएको छ ।
एक्स्पोमा प्रदेश १ का सबै जिल्लाका स्थानीय उत्पादनको प्रदर्शनी हुने आयोजकले जनाएको छ । उद्घाटन भोलि दिउँसो १ बजे हुने भएको छ । एक्स्पोको उदघाटन प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले गर्ने कार्यक्रम छ । कार्यक्रममा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष रामचन्द्र सांघाई, पूर्व अध्यक्ष चण्डीराज ढकाल लगायतको पनि सहभागिता रहनेछ । त्यस्तै, एक्सपो समापन कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीको पनि उपस्थिति रहने आयोजक संस्थाका अध्यक्ष विजय श्रेष्ठले जानकारी दिए ।
एक्सपोमा भारत पाकिस्तान र बंगलादेशका १५ वटा स्टल रहने छन् । पर्यटनसँग सम्बन्धित ४ वटा, स्वास्थ्यसँग सम्बन्धित ४ वटा स्टल रहने छन् । एक्स्पोमा साहित्यसँग सम्बन्धी स्टल पनि राखिएको जनाइएको छ । एक्स्पोमा सुनसरीका रैथाने उत्पादनलाई उच्च प्राथमिकता दिईएको छ । जहाँ मह, अचारका परिकारहरुका साथै माछा, सुकुटी, चिया, फूल, धराने कालो बङ्गुरका परिकारपनि पस्किने एक्स्पोका स्टल संयोजक विष्णु बरालले जानकारी दिए ।
एक्स्पोमा दिउँसो २ बजेसम्म प्रवेश निःशुल्क रहनेछ भने २ बजे पछिको प्रवेशमा ५० रुपैयाँ तोकिएको आयोजकले जनाएको छ । कार्यक्रममा हरेक दिन राष्ट्रिय कालाकारहरूको साङ्गीतिक प्रस्तुति समेत रहने आयोजकले जनाएको छ ।
धरान उपमहानगरपालिका र प्रदेश १ सरकारको सहयोगमा फागुन ११ देखि २० गतेसम्म आयोजना हुने एक्स्पो धरान रंगशालाको तल्लो खेल मैदानमा हुनेछ ।
तस्वीरहरुः लक्ष्मण थापा, हाम्रो कोशी आवाज

प्रकाशित मिति: फाल्गुन १० २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend