धरानः इटहरी उपमहानगरपालिकाले तरहराको पानीपिया देखि सेउतीसम्मको बाटो छिटो निर्माण गर्न आयोजना प्रमुखलाई पत्रचार गरेको छ ।
सडक निर्माण विस्तार सुस्त हुदा दैनिक सर्वसाधरणले सास्ती वेहोर्नु परेको भन्दै बाटो छिटो गर्न पत्रचार गरेको हो । नगर प्रमुख हेमकर्ण पौडेलले सडक निर्माण ढिलो भएको भन्दै संघीय सरकारको ध्यानाकर्षण गराएका हुन् । संघीय सरकारको मातहतमा उक्त राजमार्ग भएकाले छिटोभन्दा छिटो बनाउन छ लेन सडक आयोजनालाइ पत्रचार गरेको हो ।
बारम्बार ताकेता गर्दा पनि सडक निर्माणको काममा ढिलो भएको भन्दै मेयर पौडेलले रोकिएको काम तत्काल अगाडि बढाइदिन आग्रह सहित पत्रचार गरेको हो ।
सुनसरीको धरानसम्मको ४९ किलोमिटर सडक ६ लेनको बनाउन १० अर्ब ५८ करोड रुपैयाँमा ठेक्का लगाएको थियो । यो सडक निर्माण आर्थिक वर्ष २०७५–२०७६ भित्र गरिसक्नुपर्ने थियो ।