Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अबैध कपडा बरामद

हाम्रो कोशी आवाज
फाल्गुन १४ २०७९, आइतबार
अबैध कपडा बरामद

सुनसरीको रामधुनी नगरपालिका ४ स्थितबाट भन्सार छलिगरी अवैधरुपमा नेपाल भित्राएको कपडाहरु प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय पकली र प्रहरी चौकी सिंघियाबाट खटिएको प्रहरी टोलीले रामधुनी ४ स्थित भित्रि सडक खण्डमा अबैध रुपमा भन्सार छलिगरी सडक छेउमा राखेको अवस्थामा ७ सय ८४ पिस कुर्था सुरुवालको कपडाहरु बरामद गरेको हो । बरामद गरिएका करिव ४ लाख ३४ हजार मुल्य बराबरका कपडाहरु आवश्यक कारवाहीको लागि सेतुबन्ध भन्सार कार्यालय सुनसरीमा बुझाएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रकाशित मिति: फाल्गुन १४ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend