Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

विर्तामोड महोत्सवको समयअवधि तीन दिन थपियो

हाम्रो कोशी आवाज
फाल्गुन १४ २०७९, आइतबार
विर्तामोड महोत्सवको समयअवधि तीन दिन थपियो

झापाको विर्तामोडमा सञ्चालित अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवको सयम अवधि तीन दिन थप गरिएको छ ।
उपभोक्ता र अबलोकन कर्ताको आग्रहलाई मध्यनजर गर्दै महोत्सव आयोजक समितिले मेलाको समय अवधि तीन दिन थप गर्ने निर्णण गरेको महोत्सव मूल आयोजक समिति संयोजक राजु न्यौपानेले बताउनुभयो ।गत फागुन ५ गतेदेखि सञ्चालित महोत्सव अब फागुन १८ गतेसम्म सञ्चालन हुने छ । महोत्सवमा सुप्रशिद्ध राष्ट्रिय कलाकारहरु दिपक बज्राचार्य,प्रमोद खरेल, गिरिस खतिवडा, रचना रिमाल र जी– बबको साङ्गितिक प्रस्तुति रहने महोत्सव समितिका सचिव कुशल खतिवडाले जानकारी दिनुभयो ।आयोजक समितिका अनुसार फागुन १६ गते जी–बव र रचना रिमाल, १७ गते दिपक बज्रचार्य तथा १८ गते प्रमोद खरेल र गिरिस खतिवडाको प्रस्तुति रहने छ ।
महोत्सवको समयअवधि थपका लागि जिल्ला प्रशासन कार्यालय झापा र बिर्तामोड नगरपालिकासंग समन्वय गरिएको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले बताउनुभयो ।

 

 

प्रकाशित मिति: फाल्गुन १४ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend