Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्राध्यापन पेशामा संलग्न नवीनले सय युवालाई रोजगारी दिँदै, साढे तीन करोडको लगानीमा मेटल इन्डष्ट्री सञ्चालन

हाम्रो कोशी आवाज
फाल्गुन १४ २०७९, आइतबार
प्राध्यापन पेशामा संलग्न नवीनले सय युवालाई रोजगारी दिँदै, साढे तीन करोडको लगानीमा मेटल इन्डष्ट्री सञ्चालन

बिर्तामोडः मुलुकमा देखिएको चरम आर्थिकमन्दीका बीचमा पनि उद्यमशीलताको विकास गर्ने उद्देश्यले झापाका दुई युवाले मेटल इन्डष्ट्री सञ्चालन गर्दै एकसय जना युवालाई रोजगारी दिने तयारी गरेका छन् ।
बिर्तामोड नगरपालिका १ मा नमस्ते मेटल एण्ड इन्जिनियरिङ वक्र्स कम्पनी प्रा.लि. सञ्चालन गर्दै एक सय युवालाई रोजगारी दिने तयारी थालिएको हो । बाह्रदशी गाउँपालिका–३ का नवीन भण्डारी र गौरादह नगरपालिका निवासी चेतनाथ निरौलाले मेटल इन्डष्ट्री सञ्चालनमा ल्याएका हुन् । झण्डै साढे तीन कारोड रुपैयाँ लगानी गर्दै सञ्चालनमा ल्याइएको मेटल इन्डट्रीमा शुरुवाती चरणमा २० जना युवालाई रोगजारी प्रदान गरिएको र इन्डष्ट्री पूर्णरुपमा सञ्चालनमा ल्याउने तयारी थालिएको सञ्चालक भण्डारीले बताए । मेटल इन्डष्ट्री पूर्णरुपमा सञ्चालनमा आएसँगै एक सय जना युवालाई प्रत्यक्ष रोजगारी प्रदान गरिने भण्डारीले बताए ।
व्यवस्थापकीय तथा प्रशासनिक क्षेत्रमा लामो अनुभव बटुल्नु भएका भण्डारी प्राध्यापन पेशामा संलग्न छन् । विगत ११ वर्षदेखि प्राध्यापन पेशा अंगालेका उनले नमस्ते मेटल एण्ड इन्जिनियरिङ वक्र्स कम्पनी प्रालिको प्रबन्ध निर्देशकको भूमिकामा रहेका छन् ।
मेटल इन्डष्ट्रीमा १८ वर्षको अनुभव बटुलेका अर्का सञ्चालक चेतनाथ निरौला आफैंमा इन्जिनियर हुन् । उनले कम्पनीको उत्पादन र बजारीकरण गर्ने जिम्मेवारी सम्हाल्दै इन्डष्ट्री सञ्चालनमा ल्याएका हुन् । नेपालमा चलेका बीग मार्ट, गार्डेन मार्ट, सुपर मार्केट र हाइपरमार्केट, स्कूल तथा कलेजका आधुनिक मोडलमा डेक्स बेञ्च समेत उत्पादन गराउने उद्देश्यले मेटल इन्डष्ट्री सञ्चालनमा ल्याइएको निरौलाको भनाई छ ।
इन्डष्ट्रीले डिपाटमेन्ट स्टोरका ¥याक,हस्पिटल बेड तथा इक्वीपमेन्ट, मेटल चेयर, लकर, मेटल प्यालेट, फलामको फर्निचरका डाई लगायतका सामग्री उत्पादन गर्ने बताइएको छ । त्यस्तै इलेक्ट्रोस्टाटिक पाउडर कोटिङ , सीएण्डसी प्लाज्मा कटिङ सर्भिस, स्पट वेल्डिङ, मेटलसिट कटिङ बेण्डिङ सेवा समेत उपलब्ध गराइने बताइएको छ ।
मेटल इन्डष्ट्री प्रदेशकै पहिलो भएको र यसले गुणस्तरीय सेवा प्रवाह गर्न कुनै कसर बाँकी नराख्ने इन्डष्ट्री सञ्चालक भण्डारीले बताए । फलामको उपयोगिता सम्बन्धी नेपाली समाजमा रहेको धारणालाई थप व्यापक बनाउन यो उद्योगले भूमिका निर्वाह गर्ने भण्डारीको भनाई छ । नेपालमा यस खाले इन्डष्ट्री सीमित संख्यामा रहेको र प्रदेश १ मा एउटा पनि इन्डष्ट्री नभएका कारण आफूहरुले पूर्वको बजारलाई विश्लेषण गर्दै युवालाई समेत रोजगारी दिने उद्देश्यले इन्डष्ट्रीमा लगानी गरेको भण्डारीले बताए ।
आर्थिक मन्दीका बीच पनि चलेका बीग मार्ट, गार्डेन मार्ट, सहकारी पसल, सुपर मार्केट, हाइपर मार्केटले यस खाले सामग्री भारत सहित चीनबाट आयात गर्ने गरेको र त्यसलाई रोक्न उद्योगले भूमिका निर्वाह गर्ने बताइन्छ । आफ्नै ठाउँमा उद्योग सञ्चालन गर्दा स्थानीयले रोगजारी समेत पाउने र साम्रग्री खरिदका लागि विदेशिने मुद्रा नेपालमा नै सञ्चित हुने भण्डारीको भनाई छ ।
नेपालमा यस खले सामग्रीको माग उच्च रहेपनि उद्योग नहुँदा भरत र चीनको भर पर्नु परेको तर गुणस्तरीय सामग्रीको आपूर्ति समेत न्यून हुने गरेको भण्डारीको भनाई छ । उद्योगले उत्पादन गर्ने अधिकांश साम्रग्री फलमका हुने र लामो समय टिक्ने भएकाले उपभोक्ताको मन छोटो समयमा जित्न सकिने भण्डारीले बताए । उद्योगले उत्पादन गरेका सबै सामग्री वहु उपयोगी हुने र आवश्यकता अनुसारका डिजाइन दिइने भएकाले सबै प्रकारका व्यवसाय तथा घरायसी रुपमा बढी प्रभावकारी हुने विश्वास लिइएको छ ।
मेटल इन्डष्ट्रीको बजार नेपाल भर रहेको र सम्भाव्यता अध्ययन गरेर आफ्नै ठाउँमा कम्पनी स्थापना गरेको कम्पनीका सञ्चालक भण्डारीको भनाई छ ।
सम्पनीले उत्पादन गर्ने सामग्री ः डिपाटमेन्ट स्टोरका ¥याक,हस्पिटल बेड तथा इक्वीपमेन्ट,मेटल चेयर, लकर,मेटल प्यालेट, फलामको फर्नचरका डाई आदि ।
कम्पनीबाट प्रदान गरिने सेवा ः इलेक्ट्रोस्टाटिक पाउडर कोटिङ , सीएण्डसी प्लाज्मा कटिङ सर्भिस, स्पट वेल्डिङ, मेटलसिट कटिङ बेण्डिङ, स्कूलका डेक्स बेञ्च आदि ।
कम्पनीमा प्रयोग गरिने उपकरण ः अत्याधुनिक सियरिङ मेसिन , बेण्डिङ मेसिन, विभिन्न पावरक पावर प्रेस, स्पटबेल्डिङ,सिएमसी प्लाज्मा कटर, इलेक्ट्रोस्टाटिक पाउडर प्लान्ट, डिजिटल लेथ आदि ।
कम्पनीले उत्पादन गरेका सामग्रीका विशेषताहरु
डिपाटमेन्ट स्टोरका ¥याक ः कम्पनीले उत्पादन गरेका डिपाटमेन्ट स्टोरका ¥याक सबै लक सिस्टमका हुन्छन् । जोसुकैले खोल्न र फिटिङ गर्न तुरुन्तै सक्ने बताइएको छ । ¥याकको सेल्फ घटाउन बढाउन सकिने तथा आवश्यकता अनुसार साईज र कलर कष्टमाइज गर्न सकिने बताइएको छ । लाइफटाइम ग्यारेन्टी सहितको पाउडर कोटिङ,सामान्य किराना पसलदेखि ठूला, ठूला सपिङ मलका लागि समेत सेवा प्रवाह गरिने बताइएको छ । डिपाटमेन्ट स्टोरको सेटअप सर्भिस तथा उपकरणहरु समेत उपलब्ध गराइने बताइएको छ । भारतका सुप्रसिद हाइपर मार्केटमा काम गरेका दक्ष अनुभवी प्रविधिक कर्मचारीको सेवा उपलब्ध गराउने बताइनछ । जस्तोसुकै चेन स्टोरहरुको उत्कृष्ट डाटा उत्पादन गर्ने सफ्ट्वेर समेत उपलब्ध गराउने र नेपाल भरि होम डेलिभरि तगथा सेटअप सर्भिस समेत उपलब्ध गराइने व्यवस्था मिलाइएको छ । प्रदेशकै एक मात्र फलामको¥याक उत्पादन गर्ने कारखाना भएकाले उच्च गुणस्तरीय सामग्री प्रदान गरिने बताइएको छ ।
हस्पिटल बेड तथा इक्वीपमेन्ट ः हस्पिटलका लागि आवश्यक पर्ने इमरजेन्सी बेड,लेवर बेड, वार्ड बेड, टूली , वेडसाइड लकर सहित ३८ प्रकारका हस्पिटल इक्वीपमेन्टहरु उपलब्ध हुने बताइएको छ । सबै सामग्रीमा लाइफटाइम ग्यारेन्टी सहितको पाउडर कोटिङको व्यवस्था सहितका हुने सञ्चालकको दावी छ ।
मेटल चेयर ः लाइफटाइम ग्यारेन्टी सहितको पाउडर कोटिङसहितको व्यवस्था सहितका व्याङ्क्वेट चेयर,अफिस मिटिङ चेयर, डाइनिङ चेयर लगायतका फलामका कुर्सीहरु तयार गरिने बताइएको छ ।
स्कूलका डेक्स बेन्च ः प्ले ग्रुपदेखि कलेजसम्मका आधुनिक सुविधा सहितका डेक्स बेन्च । जाइका र यूनिसेफले मान्यता दिएका डिजाइनमा समेत उपलब्ध हुने बताइएको छ ।
होस्टेल बेड ः सिङ्गल तथा मल्टिपल फ्लोरका होस्टेल बेडहरु तयार गरिने बताइएको छ ।
लकर ः संघ संस्थाका कर्मचारी, ग्रहक तथा आगन्तुकहरुका सामग्री लक गरेर सुरक्षित राख्न मिल्ने व्यवस्था सहितका लकरहरु । अडर अनुसारको साइज तथा मोडलमा तयार गरिने बताइएको छ ।
मेटल प्यालेट ः हेबी वेटका सामग्री राख्न मिल्ने फलमका प्यालेट, पिर्का, ट्रली, बास्केट लगायतका डिजायनका प्यालेटहरु । अडर अनुसारको साइज तथा मोडलमा तयार गरिने बताइएको छ ।
फलामको फर्निचरका डाई तथा लेथको काम ः फलामका फर्निचरहरु उत्पादन गर्न आवश्यक पर्ने उपकरणहरु (डाई) अडर अनुसार निर्माण गरिन्छ । यो संगै लेथमा गरिने सबै प्रकारका कामका सेवाहरु उपलब्ध हुने बताइएको छ ।
उपकरण ः भारतको पञ्जाबस्थित लुधियानाबाट आयात गरिएका अत्याधुनिक सेयरिङ, वेण्डिङ तथा पावर प्रेस मेसिनहरुबाट सेवा प्रदान गरिने बताइएको छ ।

प्रकाशित मिति: फाल्गुन १४ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend