Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

हाम्रो कोशी आवाज
फाल्गुन १५ २०७९, सोमबार
प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

सुनसरी र झापाको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र औषधीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको इटहरी उप–महानगरपालिका–४ स्थितमा लागुऔषध बिक्री वितरण भईरहेको छ भन्ने विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका–१ झापाका बदन लिम्बुले बोकेको झोला चेक जाँच गर्दा झोलामा प्रतिबन्धित औषधी लुपिजेसिक डाइजेपम र फेनेरगन गरी १ सय ८८ एम्पुल बरामद गरेको हो भने लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले झापाको मेचिनगर नगरपालिका–१० नागाडुब्बाका ४८ वर्षीय कृष्ण राजवंशीको घरको कोठा खानतलासी गर्दा १ ग्राम ब्राउन सुगर बरामद गरेको हो । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धीत कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।

प्रकाशित मिति: फाल्गुन १५ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend