मोरङ: विराटनगर महानगरपालिका-९ चुलाचुली मार्ग स्थितबाट स्रोत नखुलेको भारतीय रकम सहित तिन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर रिट समुहबाट खटिएको प्रहरी टोलीले मोरङ जहदा गाउँपालिका ७ का २६ वर्षीय रमेश कुमार मण्डल, २२ वर्षीय धर्मेन्द्र कुमार मण्डल र कटहरी गाउँपालिका ३ का ३० वर्षीय नबि हुसेनलाई शंकास्पत अवस्थामा फेला पारी चेकजाँच गर्दा उनिहरुको साथबाट १ लाख त्रियासी हजार सात सय पचास रुपैया भारतीय रकम फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।