झापा : झापाको कान्काई नगरपालिका- ३ स्थित राजमार्गमा कारको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । बा।१८च २२४७ नम्बरको कारले बाटो काट्दै गरेको अवस्थामा ठक्कर दिंदा घाईते भएकि पैदल यात्री कनकाई नगरपालिका ३ कि ३६ वर्षीया सावित्रा देवि भण्डारीलाई उपचारको लागि बि एण्ड सि अस्पताल विर्तामोड लगिएकोमा अस्पताल पुर्याउना साथ उनको मृत्यु भएको हो । ठक्कर दिने कार र चालक कमल गाउँपालिका ६ का नित्या नन्द ताजपुरीयालाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरीरहेको छ ।