Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

यूएईविरुद्धको म्याचमा सन्दीपले लिए नेपालको दोस्रो विकेट

हाम्रो कोशी आवाज
फाल्गुन १८ २०७९, बिहिबार
यूएईविरुद्धको म्याचमा सन्दीपले लिए नेपालको दोस्रो विकेट

काठमाडौं : यूएईविरुद्धको एकदिवसीय म्याचमा नेपाललाई दोस्रो सफलता प्राप्त भएको छ । स्पिनर सन्दीप लामिछानेले यूएईका रित्य अरविन्दलाई १८ रनमा विकेट पछाडि क्याच गराए ।

नेपालको पहिलो विकेट करण केसीले लिएपछि यूएई सम्हालिएर खेलिरहेको थियो । १३.४ ओभरमा ४६ रन बनाएको अवस्थामा सन्दीपले अरविन्दको महत्वपूर्ण विकेट लिएका हुन् ।

सन्दीपको बल सार्प टर्न हुँदा अरविन्दले कुनै क्लु पाएनन् र उनको ब्याटमा छोएर गएको बल कुशल भुर्तेलको हातमा थामियो ।

प्रकाशित मिति: फाल्गुन १८ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend