Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बालकको हत्या गरेको आरोपमा दुईजना पक्राउ

हाम्रो कोशी आवाज
फाल्गुन १८ २०७९, बिहिबार
बालकको हत्या गरेको आरोपमा दुईजना पक्राउ

मोरङ : मोरङको सुनवर्सी नगरपालिका १ का १४ वर्षीय बालकको हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा स्थानीय ३५ वर्षीय बिरेन्द्र पास्वान र उनको ३४ बर्षीया श्रीमती डल्ली पासवान रहेका छन् । सुनवर्सी नगरपालिका-१ का डिल्ली बहादुर माझीको १४ वर्षीय छोरा विशाल माझी फागुन ११ गते बेलुका घरबाट चोक तिर घुम्न निस्केकोमा फर्केर नआए पश्चात आफन्तले खोजतलासको क्रममा स्थानिय पोखरीको डिलमा हत्या गरी गाडेको भन्ने सुचना फागुन १७ गते पाए लगतै इलाका प्रहरी कार्यालय रङ्गेलीमा जानकारी गराउनासाथ प्रहरी अधिकृत समेतको टोली उक्त स्थानमा खटि उत्खनन गर्दा बालकको शब फेला परेको हो ।

बालकको हत्या गरी गाडेको अवस्थामा शव फेला परेसंगै घटनाको अनुसन्धानको क्रममा घटनामा संग्लग्न रहेका बिरेन्द्र पासवान र उनको श्रीमती डल्ली पासवानलाई प्रहरीले पक्राउ गरेको हो । बालकको हत्याको आरोपमा पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रकाशित मिति: फाल्गुन १८ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend