Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बसको ठक्करबाट एकजनाको मृत्यु

हाम्रो कोशी आवाज
फाल्गुन १९ २०७९, शुक्रबार
बसको ठक्करबाट एकजनाको मृत्यु

मोरङ मोरङको सुन्दरहरैचा नगरपालिका १० स्थित राजमार्गमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।

मे। १ ख २२८३ नम्बरको बसले विपरित दिशाबाट आउदै गरेको प्रदेश १(०२(०४३ प ३२४३ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा घाईते भएका मोटरसाईकल चालक सुन्दरहरैचा ६ का ३५ वर्षीय थम प्रसाद कोईराला र मोटरसाईकल पछाडि सवार रहेका उनका ६० वर्षीय बुवा उमाकान्त कोईरालालाई उपचारको लागि न्युरो अस्पताल विराटनगर लगिएकोमा उपचारको क्रममा उमाकान्त कोईरालाको मृत्यु भएको हो ।

ठक्कर दिने बस र चालक बेलबारी नगरपालिका ११ का नर बहादुर मगरलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: फाल्गुन १९ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend