झापा: झापाको मेचीनगर नगरपालिका ६ मेचीपुल स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाचको क्रममा ईलाम नगरपालिका १२ का २४ वर्षीय सुजन बाला राईलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाच गर्दा राईको साथबाट ४४ ग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो ।
प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।