Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

खुल्ला कविता प्रतियोगितामा बुढाथोकी भए प्रथम

हाम्रो कोशी आवाज
फाल्गुन २६ २०७९, शुक्रबार
खुल्ला कविता प्रतियोगितामा बुढाथोकी भए प्रथम

धनकुटाः धनकुटामा आयोजित खुल्ला कविता प्रतियोगितामा अजय बुढाथोकी प्रथम भएका छन् । ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर धनकुटा नगरपालिकाले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा जगमाया मादेन द्वितीय र शम्भुजित देउजा तृतीय भए भने गोपाल फुयालले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः पाँच हजार, तीन हजार, दुई हजार र एक हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङ, उपप्रमुख सावित्रा राई, धनकुटा नगरपालिकाका उपप्रमुख भिमादेवी खनाल, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापा, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख मोहन राई लगायतले उनीहरुलाई पुरस्कृत गरेका छन् ।
‘लैङ्गिक समानताको बलियो आधार ः सिर्जनात्मक प्रविधिमा महिला पहूँचको विस्तार’ नारासहित महिला दिवस मनाइएको छ । सोही शीर्षकमा कविता प्रतियोगिता पनि आयोजना गरिएको हो । कविता प्रतियोगितामा १६ जनाले भाग लिएको प्रतियोगिताका संयोजक फूलमाया घिसिङले जानकारी दिइन् । महिला दिवसकै अवसर पारेर धनकुटा नगरपालिकाले प्रभातफेरी पनि आयोजना गरेको छ ।

प्रकाशित मिति: फाल्गुन २६ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend