Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

लागुऔषध ब्राउन सुगरसहित पाँचजना पक्राउ

हाम्रो कोशी आवाज
फाल्गुन २६ २०७९, शुक्रबार
लागुऔषध ब्राउन सुगरसहित पाँचजना पक्राउ

विराटनगर : झापा र सुनसरीको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको दुहबी नगरपालिका पाँच फुटबल चोक स्थितमा ईलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले विराटनगरबाट ईटहरी तर्फ जादै गरेको मे ११ प ६१७८ नम्बरको स्कुटिलाई रोकी चेकजाँच गर्दा स्कुटि चालक झापा कमल गाँउपालिका ८ का २७ बर्षीय अर्जुन सुब्बा र स्कुटिमा पछाडी सवार झापा शिवसताक्षि नगरपालिका ८ का २१ वर्षीय मुकेश चौधरीको साथबाट ८।७ ग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो ।
त्यसै गरी झापाको विर्तामोड नगरपालिका(२ का २० वर्षीय विश्वास संग्रौलाको कोठामा लागुऔषध बेचबिखान भईरहेको छ भन्ने विषेश सुचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापा विर्तामोड नगरपालिका ४ का २० बर्षीय अभिषेक शर्मा र विर्तामोड नगरपालिका ८ की २० वर्षीय अनिशा मण्डलको साथबाट ८ ग्राम ब्राउन सुगर, नगद ११ हजार ६ सय रुपैँया, २ थान मोबाईल र डिजिटल तराजु १ थान सहित पक्राउ गरेको हो । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धित कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।

प्रकाशित मिति: फाल्गुन २६ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend