Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-तुम्लिङटार प्रसारण लाइन बन्ने, धरानकै प्रस्तावित २२०/३३/११ केभीको प्रसारण लाइन निर्माण हुने

हाम्रो कोशी आवाज
फाल्गुन २९ २०७९, सोमबार
धरान-तुम्लिङटार प्रसारण लाइन बन्ने, धरानकै प्रस्तावित २२०/३३/११ केभीको प्रसारण लाइन निर्माण हुने

धरानः कोशी कोरिडोर प्रसारण लाइन आयोजना अन्तर्गतको तुम्लिङटारदेखि इनरुवा खण्डबाट धरान सबस्टेसनसम्म सय मेगावाटको प्रसारण लाइन निर्माण हुने भएको छ ।
विद्युत विकास विभागले एक सूचना जारी गर्दै उक्त प्रसारण लाइन निर्माण हुन लागेको जानकारी दिएको हो ।
धरान उपमहानगरपालिका–१७ मा पर्ने कोशी कोरिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत रहेको तुम्लिङटार–इनरुवा खण्डबाट सुरु भएर धरान उपमहानगरपालिकाकै प्रस्तावित २२०/३३/११ केभीको धरान सबस्टेसनसम्म यो प्रसारण लाइन निर्माण हुनेछ ।
प्रसारण लाइनको भोल्टेज २२० किलोभोल्ट हुनेछ भने डबल सर्किट रहने यो प्रसारण लाइनबाट सय मेगावाट क्षमतासम्मको विद्युत प्रसारण गर्न मिल्नेछ । ६० मिटर लम्बाई रहने यो प्रसारण लाइनमा २ मल्टिसर्किट डेड इन्ड पावर तथा क्वाड मुस कन्डक्टरको प्रयोग गरिने छ ।

प्रकाशित मिति: फाल्गुन २९ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend