Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भिरबाट लडेर युवकको मृत्यु

हाम्रो कोशी आवाज
चैत्र ५ २०७९, आइतबार
भिरबाट लडेर युवकको मृत्यु

सोलुखुम्बु: भिरबाट लडेर माप्यदूधकोसी गाउँपालिका–३ खास्तापका ३५ वर्षीय अमृत राईको मृत्यु भएको छ । शुक्रबार कसैलाई जानकारी नगराई घरबाट निस्किएका राईको शव  खास्तापकै चेम्सी खोलामा फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक रामकिशोर साहका अनुसार दयाखोप भिरबाट लडेका राईको शव करिब एक सय ५० मिटर तल चेम्सी खोलामा स्थानीयले फेला पारेका थिए ।
मृतक मानसिकरूपमा अस्वस्थ रहेको पारिवारिक स्रोतको दाबी छ । कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रकाशित मिति: चैत्र ५ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend